शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी काइदा : ढुङ्गाले हानेर बम डिस्पोज (फोटो)

मङ्गलबार, २९ साउन २०७५, १२ : ५८
मङ्गलबार, २९ साउन २०७५

ललितपुर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा मंगलबार दिउँसो ललितपुरको ज्वागलको व्यस्त सडकमा प्रेसर कुकर बम फेला परेको छ ।

प्रत्यक्षदर्शीका अनुसार एक व्यक्तिले सडकमा बम राखेर ज्वागलबाट युएन पार्कतर्फ भागेका थिए ।

बम फेला परे लगत्तै शुरुमा नेपाल प्रहरीले बमलाई बीच सडकबाट सुरक्षित स्थानतर्फ लगेको थियो ।

त्यसपछि ढुङ्गाले हानेर बमलाई निस्क्रिय पार्ने प्रयास गरिएको थियो ।

लगत्तै, त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली आएर बमलाई निष्क्रिय बनाएको थियो । सेनाका अनुसार बममा अति प्रज्वलनशील मानिने सल्फर पाउडर र सिसाका टुक्राहरु रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप