‘द ब्रेकअप’ को इन्डक्ल्याप
काठमाडौं – हेमराज विसी निर्देशित चलचित्र ‘ब्रेकअप’ इन्डक्ल्याप भएको छ । सोमवार साँझ राजधानीमा एक कार्यक्रम गर्दै निर्माण टिमले चलचित्रको इन्डक्ल्याप गरेको हो ।
नेपाल र अष्ट्रेलियामा खिचिएको चलचित्रमा अभिनेता आशिरमान देशराज जोशी, शिल्पा मास्के र इच्छा कार्की, सरोज खनाल लगायतको अभिनय रहेको छ । चलचित्रको प्रदर्शन मिति २७ पुस तोकिएको छ ।
कार्यक्रममा निर्देशक हेमराजले ‘द ब्रेकअप’ आफूले बनाएका चलचित्र भन्दा फरक स्वादको रहेको बताए ।
निर्माण घोषणा समयमा रहेका निर्माता रोहित अधिकारी अहिले चलचित्र युनिटसँग अलग भएका छन् । अष्ट्रेलिया छायाँकन जानु अगाडि ठिकठाक रहेका निर्माता निर्देशकको सम्बन्ध छायाँकन सकिएर फर्किए पछि बिग्रिएको हो ।
चलचित्रको बजेट बढ्दा निर्माता अधिकारी र निर्देशकबीच विवाद उत्पन्न भएको खबर छ । तर इन्डक्ल्यापमा निर्देशक विसी यो बिषयमा मौन रहे ।
चलचित्र लभस्टोरी र कमेडी जनरामा निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प
-
यी हुन् नेपाल–कतारबिच भएका सहमति र सम्झौताहरू (पूर्णपाठसहित)
-
रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार
-
गण्डकीको दोस्रो जित, कोशी प्रदेशको लगातार पाँचौँ हार