शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘इन्टु मिन्टु लण्डनमा’ को शीर्ष गीत

मङ्गलबार, २९ साउन २०७५, १३ : ०४
मङ्गलबार, २९ साउन २०७५

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित अर्काे चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष रिलिज गरिएको छ । रेनाशा वान्तवा राई निर्देशित फिल्मको शिर्ष गीतमा नव अभिनेता धिरज मगर देखिएका छन् । 
साम्राज्ञी र धिरजको चलचित्रमा रोमान्स देख्न सकिन्छ । सुजिल कर्मचार्यको शब्द रहेको गीतमा धिरजकै स्वर रहेको छ । गीतमा लण्डनको चित्रण गरिएको छ । ‘इन्टु मिन्टु लण्डनमा’लाई प्रज्वोल समशेर जबरा र प्रभु शमशेर जबराले मिलेर बनाएका हुन् । 
आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लण्डनमा’का सह–निर्मातामा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल छन्  
शैलेन्द्र धोज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमनको संगीत छ । ५ असोजबाट प्रदर्शनमा आउने यो चलचित्रमो रोमान्टिक लभस्टोरी जनरामा निर्माण भएको हो । 
चलचित्रमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिका देख्न सकिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप