सेयर बजारमा आउन थाल्यो हरियाली
काठमाडौं–साताको तेस्रो दिन (मंगलबार) सेयर बजारमा हरियाली देखिएको छ । आज नेप्से परिसुचकमा ६.६१ अंकको बृद्धि देखिएको छ । बजार ११८०.९८ अंकमा आएर अडिएको छ । सोमबार पनि बजार बढेको थियो ।
आज कारोबार रकममा भने उत्साह देखिएको छैन । यस दिन १८ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । होटल समुह र अन्य समुह बाहेक सबै समुहमा बृद्धि देखिएको छ । सबैभन्दा बढी निर्जीवन बिमातर्फ ५०.१ ऋंकले बढेको छ भने विकास बैंकतर्फ १४.८८ अंकको बृद्धि छ । जीवन बिमा १३.१ अंकले बढेको छ । अन्य समुह ३.३१ अंकले घटेको छ भने होटल समुह १.४१ अंकले घटेको छ । अरु समूहमा भने बृद्धि देखिन्छ ।
आज सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ८५ लाख ५३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । दोस्रो बढी कारोबार हुनेमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा ओम डेभलपमेन्ट बैंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान