बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

व्यापार घाटा न्यूनीकरण कार्ययोजना कार्यान्वयन हुने

मङ्गलबार, २९ साउन २०७५, १५ : ५७
मङ्गलबार, २९ साउन २०७५

काठमाडौं– सरकारले चालू आर्थिक वर्ष भित्र व्यापार घाटा न्यूनीकरण कार्ययोजना कार्यान्वयनमा ल्याउने योजना अघि सारेको छ ।

 मुलुकमा व्यापार घाटा बढ्दै गईरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष भित्र व्यापार घाटा न्यूनिकरण कार्ययोजना कार्यान्वयनमा ल्याउने योजना अघि सारेको हो ।

 मंगलबार मन्त्रालयको हालसम्मको कार्य प्रगति विवरणबारे समिक्षा गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चालू आर्थिक वर्ष भित्र तातोपानी सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्रालयले यस वर्ष सडक दुर्घटना सूचना व्यवस्था प्रणाली लागू गर्ने, निर्यात हुने बस्तुको गुणस्तर परिक्षणका लागि आवश्यक प्रयोगशालाको निर्माण गर्ने, आपूर्ति व्यवस्थालाई सहज बनाउन राष्ट्रिय आपूर्ति कम्पनी गठन गर्नेलगायतका योजना पनि तय गरेको छ । 

त्यसैगरी दुर्गम क्षेत्रहरुमा खाद्यान्न ढुवानी व्यवस्थालाई थप प्रभावकारी तुल्याउने प्रतिवद्धता पनि मन्त्रालयको कार्ययोजनामा समावेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप