बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेरी मामु’ पोष्टरः ‘आयुवको आँखा भरी आँसु’

मङ्गलबार, २९ साउन २०७५, १८ : २३
मङ्गलबार, २९ साउन २०७५

काठमाडौं –  १५ भदौबाट रिलिज हुन लागेको चलचित्र ‘मेरी मामु’ ले प्रचारका लागि तयार पारेको केही पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा  बालकलाकार आयुव सेनले प्रमुख स्थान पाएका छन् । पोष्टरमा आँसुले भरिएको आयुव देख्न सकिन्छ । केही पोष्टरमा आयुवको कपाल खौरदै गरेको समेत देख्न सकिन्छ । 

आशुसेन फिल्मस्को चौथो प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रको कथा अनुसारको फोटो पोष्टरमा राखिएको निर्माता सेनले बताए ।

यम थापाले यो चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् । आमा र छोराको सम्बन्ध बोकेको यो चलचित्रमा नायिका अश्लेषा ठकुरी, नायक सारुक तााम्राकारको साथमा नव नायिका कुसुम गुरुङ र दुर्गा मल्लको मुख्य भूमिका छ ।

निर्माण युनिट केही दिन पहिले पूर्व–पश्चिम टुर सकाएर फर्किएको छ । अब केही दिनमा कन्सर्ट सहित टुरमा निस्कने निर्माता सेनले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप