शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालसँग बाङ्लादेशमा जस्तै जिटुजी सम्झौता गर्न चाहन्छौ  ः प्रधानमन्त्री महाथिर

मङ्गलबार, २९ साउन २०७५, १८ : ५०
मङ्गलबार, २९ साउन २०७५

काठमाडौँ । मलेसियाका प्रधानमन्त्री माहाथिर मोहमदले विदेशी कामदारलाई भर्ती गर्दा एउटै प्रणाली लागु गर्ने तयारी सरकारले गरिरहेको बताएका छन् ।

देशमा अवैद्य कामदारको समस्या बढेको भन्दै उनले सबै देशका लागि एउटा प्रणाली लागू गर्ने बताएका हुन् ।

‘बंगलादेश, नेपाललगायत अन्य देशहरुले पनि एउटै प्रणाली प्रयोग गर्नेछन्,’ विदेश कामदारसँगको बैठकपछि उनले पत्रकार सम्मेलनबाट सो कुरा बताएका हुन् ।

उनले बंगलादेशबाट कामदार लैजाने अनुमति पाएको १० एजेन्टको अनुमति पनि खारेज गरेको बताए ।

त्यस्तै नेपालसँग चाँडै एमओयु गरेर कामदारबारेको समस्या समाधान गर्ने बताए ।

उनले भने, ‘हामी नेपालसँग बाङ्लादेशमा जस्तै जिटुजी सहमति गर्न चाहन्छौ ।’ 

यसैबीच, मलेशिया सरकारले विदेशी कामदारको बायोमेट्रिकको काम गर्दै आएको एजेन्ट कम्पनी बेस्टिनेटलाई निलम्बन गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप