शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाडुलीमा ‘चि मुसी चि’ जोडी सुनिल र अलिशा

मङ्गलबार, २९ साउन २०७५, १९ : ०६
मङ्गलबार, २९ साउन २०७५

काठमाडौं– गायक जगदिश समालले फरक शैलीको गीत सार्वजनिक गरेका छन् । ‘बाडुली’ बोलको गीत भिडियो सहित सार्वजनिक गरेका हुन् । गीतमा डिपी खनालको शब्द, धनु ज्ञाङमी(मगर)को संगीत रहेको छ । 
गीतको भिडियोमा सुनिल क्षेत्री र अलिशा शर्माको अभिनय रहेको छ । केही हप्ता अघि मात्रै प्रदर्शनमा आएको चलचित्र ‘चि मुसी चि’ मा लिड भूमिका निर्वाह गरेका यी दुई चलचित्र पछि यसै भिडियोमा देखिएका हुन् । 

भिडियोमा मुना–मदनको प्रेमलाई देखाउन खोजिएको छ । भिडियोमा दुई कलाकारले पाँचवटा क्यारेक्टर निर्वाह गरेका छन् । जहाँ सुनिल सुकुम्बासीदेखि डाक्टरसम्म बन्न भ्याएका छन् । सुनिलकै निर्देशनमा बनेको भिडियो आकर्षक बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप