बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका मन्त्री र सांसदहरु नामक पुस्तक सार्वजनिक

मङ्गलबार, २९ साउन २०७५, १९ : ३८
मङ्गलबार, २९ साउन २०७५

काठमाडौँ । वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र भरतराज पोखरेलद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । 

पत्रकार रिसालको ९१ औँ जन्मदिवसका अवसरमा पुस्तक सिकाइ समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा सो पुस्तक लेखकद्वयसहित देवेन्द्रराज पाण्डे र प्रा. कृष्ण खनालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

सो अवसरमा लेखक रिसालले नयाँ पुस्ताका लागि पुस्तक उपयोगी हुने बताउँदै पुस्तक प्रकाशित भएर आफूमा थप ऊर्जा प्राप्त भएको बताए । 

पुस्तकमाथि टिप्पणी गर्दै पाण्डेले यो पुस्तकले नेपालको राजनीतिक अवस्थाबारे जानकारी गराउने बताउँदै कुन समयमा कसको नेतृत्वमा सरकार बनेको कुरा पुस्तकले जानकारी दिनेछ भने । 

प्रा. खनालले सरकारका मन्त्री र सांसदका सङ्ग्रह निकालेर लेखकले नेपाली इतिहासलाई जीवन्त बनाउने प्रयास गरेको धारणा व्यक्त गरे ।

पुस्तकमा २००७ देखि अहिलेसम्म भएका प्रधानमन्त्री, मन्त्री, सांसद र प्रदेश सांसदको नामावली समावेश गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप