बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले नदी थुनिँदा जाजरकोटका ३२ घर उच्च जोखिममा

मङ्गलबार, २९ साउन २०७५, २० : १७
मङ्गलबार, २९ साउन २०७५

जाजरकोट । पहिरोले भेरी नदी थुनिँदा नलगाड नगरपालिका–१२ ठूलाबगर छेउका ३२ घर उच्च जोखिममा परेका छन् । 

पहिरोकै कारण ठूलाबगर छेउमा रहेका भवीन्द्र बस्नेत र ककबहादुर बस्नेतको घर बिहानै नदीले बगाइसकेको छ । नदी थुनिएर जमीन कटान गरेपछि भेरी नदीको झुलुङ्गेपुलसमेत उच्च जोखिममा परेको हो । 

पहिरोले रुकुमको गोतामकोट र जाजरकोट ठूलोबगर जोड्ने भेरी नदीको पुलसमेत जोखिममा पारेको छ । जाजरकोट, रुकुमबाट डोल्पा जाने मुख्य पुल नै जोखिममा परेपछि समस्या भएको छ । 

दिनभरमा नौ लाखभन्दा बढीको क्षति भएको प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय जाजरकोटले सुरक्षित ठाउँमा गएर बस्न स्थानीयवासीलाई अनुरोध गरेको छ ।

 पानीको मात्रा कम नभएका कारण जतिबेला पनि समस्या पर्न सक्ने भन्दै स्थानीय प्रशासनले यस्तो आग्रह गरेको हो । 

सदरमुकामबाट दुई दिनको पैदल दूरीमा रहेको यो गाउँमा सञ्चारको सुविधा नहुँदा समस्या भएको नलगाड नगरपालिका–१२ का वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप