शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वृहस्पती विद्यासदनका विद्यार्थी देखाए ट्यालेन्ट (फोटो)

मङ्गलबार, २९ साउन २०७५, २१ : ५६
मङ्गलबार, २९ साउन २०७५

काठमाडौं । विद्यार्थीहरूमा रहेको सिर्जनात्मक ज्ञान तथा सीपहरूलाई अभिवृद्धि गर्ने उद्देश्यले  सोमबार बृहस्पती विद्यासदनले STEM Department ले Hardware hakathon कार्यक्रम सम्पन्न  गरेको छ । 

उक्त कार्यक्रमलाई दुई समूहमा विभाजन गरि सञ्चालन गरिएको थियो, जसअन्तर्गत पहिलो समूहमा कक्षा ६ र ७ तथा दोस्रो  समूहमा कक्षा ८र ९ मा अध्ययनरत विद्यार्थीहरूले कार्यक्रम सञ्चालन गरेका थिए । प्रत्येक समूहलाई २ घन्टा  ३० मिनेट  समय दिइएको थियो ।

जसअन्तर्गत  २ घन्टाभित्रमा विद्यार्थीहरूले आ–आफ्ना सीप तथा  क्षमता लगाएर विभिन्न वस्तुहरू बनाउने र ३० मिनेटको समयमा आफूहरुले बनाएका कलाहरू प्रदर्शन गरेका थिए । उक्त कार्यक्रमा विद्यार्थीहरूले पानीजहाज, रोबर्ट, सोलार पावर कार, तथा विभिन्न विद्युतीय उपकरणहरू बनाएका थिए । साे पछि विद्यालयले विद्यार्थीहरूको सिर्जना र कलालाई आधार मानी विजयी घोषणा गरेको थियो ।

उक्त  कार्यक्रममा करिब २०० विद्यार्थीहरूको सहभागिता थियो । 

विद्यालयले विगतमा पनि विद्यार्थीहरूको पढाईलगायत विभित्र सामाजिक कार्यक्रममा समेत उल्लेख्य समेत विशेष जोड  दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप