बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्रीमतीको उजुरीमा श्रीमान पक्राउ, रिहा भएपछि विमान चोरेर फर्किए र घरमा ठोक्काए

बुधबार, ३० साउन २०७५, ०९ : ५१
बुधबार, ३० साउन २०७५

अमेरिकाको ऊटामा डुएन नामका एक व्यवसायिक पाइलटले आफ्नी श्रीमतीको हत्या गर्ने उद्देश्यसहित गत सोमबार बिहानै आफ्नो घरमा एक विमानमार्फत हमला गरे । उक्त घटनामा ती पाइलटको मृत्यु भयो ।

डुआने याउदले दुईवटा इन्जिन भएको सेस्ना साइटेसन जेटमार्फत ऊटास्थित आफ्नो पाँच लाख पाउन्ड पर्ने घरमा हमला गरेका हुन् ।

घरभित्र भएका उनकी श्रीमती र छोरा भने सुरक्षित बाहिर निस्कन सफल भए । यद्यपी, दुईतल्ले घरको अगाडिको भाग नराम्रोसँग आगोले डढेको छ,  पेइसन पुलिस नाओमी स्यान्डोभलले जानकारी दिए ।

श्रीमतीले घरेलु हिंसाको उजुरी दिएपछि डुआनेलाई पुलिसले पक्राउ गरेको थियो, उनीहरुले आफ्नो समस्याबारे कुराकानी पनि गरेको अधिकारीले जानकारी दिए ।

४७ वर्षे डुआनेलाई आइतबार बेलुकी स्थानीय समयानुसार साढे सातबजे पुलिसले पक्राउ गरेको थियो । प्रत्यक्षदर्शीले डुआनेले श्रीमतीलाई कुटपिट गरिरहेको भन्ने जानकारी दिएका दिए । नशाले मात्तिएका यी जोडी आफ्नो समस्याबारे कुराकानी गर्न अमेरिकन फोर्क क्यान्योनमा पनि गएको अधिकारीले जानकारी दिए ।

डुआनेलाई घरेलु हिंसाको मामलामा पक्राउ गरिएको र त्यसको केही बेरमा नै जमानतमा रिहा गरिएको ऊटा काउन्टीका सेरिफ स्पेन्सर क्यान्योनले बताए ।

रिहा भएलगत्तै उनी सिधा आफू काम गर्ने कम्पनी पुगेर घरभन्दा २५ किलोमिटर टाढा रहेको स्प्यानिश फोर्क–स्प्रिंगभिल एयरपोर्टबाट विमान चोरर घरतर्फ लागे । उनी वानकोन नामको एक निर्माण कम्पनीका लागि विमान उडाउँथे ।

भग्नावशेषका फोटोमा देखिए अनुसार सेतो विमान घर अगाडि टुक्राटुक्रा भएको छ । घरको माथिल्लो भागमा खासै केही क्षती भएको छैन तर अगाडिको भाग भने नराम्रोसँग जलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप