शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागलुङमा पहिरोमा पुरिएर सासु–बुहारी वेपत्ता, प्युठानमा पनि पहिरो

बुधबार, ३० साउन २०७५, ११ : ०२
बुधबार, ३० साउन २०७५

गएराति परेको अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङमा दुई जना वेपत्ता भएका छन् । 
 

बागलुङको निसीखोला गाउँपालिका ३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी  श्रीमती धन (दिल)कुमारी शाही र बुहारी डल्ली शाही वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले दिए । 
घटनास्थलमा प्रहरी र स्थानीयबाट उद्धारकार्य भैरहेको प्रजिअ खरेलले जानकारी दिए । 

यता प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको ठाडो खोल्सा तथा बतासे खोलामा गएराति भलबाढी आउँदा बुर्तिबाङ बजारको सिमसार टोलका स्थानीय प्रभावित बनेका छन् । 

हिजो साँझबाट परेको अविरल बर्षासंगै राती करिव ११ बजेको समयमा बतासे खोलामा बाढी आउन सुरु गरेपछि सिमसार टोलका बासिन्दा प्रभावित भएका हुन् । 

बाढीले कुनै मानवीय क्षती भने गरेको छैन । यद्यपी बाढीले धनमाल बगाउँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ । 
 
यसअघि पनि गत साउन १ गते राती आएको बाढीका कारण उक्त टोलका ४४ घरपरिवार प्रभावित भएका थिए । जस मध्य ६ घरपरिवार पुर्णरुपमा विस्थापित हुनुपरेको थियो । गएराती परेको मुसलधारे पानीले

मध्यपहाडी लोकमार्गको बुर्तिवाङदेखि  निसी बोहोरागाउ, भल्कोट हुँदै रुकुम खण्ड पनि अवरुद्ध बनेको छ । साे सडकमा साना ठुला कुनैपनि सवारी साधन चलेका छैनन् । 

प्यूठानमा पहिरोमा पुरिएर एकजना बेपत्ता 
अविरल वर्षापछि आएको पहिरोमा पुरिएर प्यूठानमा पनि  एकजना वेपत्ता भएका छन् । गौमुखी गाउँपालिका ४ डाँजगाउँका झलक बहादुर सुनार वेपत्ता भएका हुन् ।

आज (बुधवार) विहान करिब ७ वजे घर माथिबाट खसेको पहिरोमा पुरिएर उनी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । 

पहिरोले सोहि स्थानका  देब बहादुर सुनार र रमेश सुनारको समेत घरगोठ समेत बगाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप