बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा यसरी मनाइयो भारतको ७२ औँ स्वतन्त्रता दिवस, तस्विरमा हेर्नुहोस्

बुधबार, ३० साउन २०७५, ११ : ०६
बुधबार, ३० साउन २०७५

काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासले बुधबार भारतको ७२ औँ स्वतन्त्रता दिवस मनाएको छ । 

भारतीय राजदूत मञ्जिव सिंह पुरीले भारतको राष्ट्रिय ध्वजा फहराएर कायक्रमको शुभारम्भ गरेका थिए । सो अवसर राजदूत पुरीले भारतका राष्ट्रपतिको सन्देश पनि पढेर सुनाएका थिए ।

समारोहमा दूतावासका कर्मचारी, उनीहरुका परिवार लगायत नेपालका रहेका भारतीय समुदायहरुको सहभागिता रहेको थियो ।

उक्त समरोहमा भारतीय साँस्कृतिक केन्द्र, केन्द्रीय विद्यालय र मोर्डन इन्डियन स्कूलका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

स्वतन्त्रता दिवसका अवसरमा राजदूत पुरीले १ वीर नारी, ७ एकल महिला, ३ मृत्त सैनिकको निकटतम नातेदार र एक जना भूतपूर्व अपाङ्ग भारतीय सेनालाई ५.३५ करोड नेपाली रुपैयाँ नगद र कम्बल वितरण गरेर सम्मान गरेका थिए ।

यस क्रममा माहोल निकै भावुक बनेको थियो । सम्मान ग्रहण गर्न आएका सैनिकका परिवारहरु भावविह्वल बनेका थिए ।

त्यस्तै, दूतावासले ६८ पुस्तकालय तथा नेपालका सबै प्रदेशका शैक्षिक संस्थालाई १७ लाख बराबरको पुस्तक पनि वितरण गरेको थियो ।

दुतावसले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था र शैक्षिक संस्थालहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बसहरु उपलब्ध गरायो । दूतावासले हालसम्म ७७ जिल्लामा कूल ६९२ एम्बुलेन्स र १३६ वटा बस वितरण गरिसकेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप