मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको कार्यपालिकामा काँग्रेसको बहुमत

मङ्गलबार, ०३ साउन २०७४, ११ : ३०
मङ्गलबार, ०३ साउन २०७४

विराटनगर - विराटनगर महानगरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ । 

नगरसभाको सोमबार सम्पन्न निर्वाचनमा आफ्ना सात सदस्य निर्वाचित भएपछि काँग्रेसलाई स्पष्ट बहुमत पुगेको हो । 

कार्यपालिकाको गठनसम्बन्धी व्यवस्थाअनुसार महानगरपालिकाको प्रत्येक वडाबाट निर्वाचित पाँचजना सदस्यमध्येबाट कार्यपालिकाको सदस्यका लागि निर्वाचन गर्नुपर्ने हुन्छ । 

सो नगरकार्यपालिकामा काँग्रेसबाट १८, सङ्घीय समाजवादी फोरमबाट छ, नेकपा ९एमाले०बाट तीन, नेकपा ९माओवादी केन्द्र०बाट दुईजना रहनेछन् । पाँच महिला पदका लागि ११ जनाले प्रतिस्पर्धा गरेकामा काँग्रेसबाट सात र माओवादी केन्द्रबाट एकजना विजयी भएका हुन् । 

निर्वाचित महिला सदस्यहरुमा काँग्रेसबाट सुशीला पोखरेल ५३ मत, कमला सुब्बा ५३, बिनादेवी धानुक ५२, शीला श्रेष्ठ ५२ र माओवादी केन्द्रबाट चम्पा खत्रीले ५२ मत प्राप्त गरी विजयी भएका छन् । 

त्यसैगरी, दलित र अल्पसंख्यकको तर्फबाट काँग्रेसका अरुण खेतान ५४, गायत्री दास ५४ र राजेश भुजेल ५१ मत प्राप्त गरी विजयी भएका छन् । 

महानगरपालिकाको सदस्यका लागि काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप