काठमाडौंमा दुई दिने शैक्षिक मेला आयोजना हुँदै
काठमाडौँ– काठमाडौँमा ‘स्टडी इन नेपाल’ मेला सुरु हुने भएको छ । नेपालमा उच्च शिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरी काठमाडौंको अन्नपूर्ण होटेलमा भाद्र १ र २ गते चौथोे शैक्षिक मेला आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
‘स्वदेशी शिक्षा सबैको ईच्छा’ भन्ने मुल नाराका साथ भिजन मिडिया इनकोअपरेशन र एजुकेशन डट कमले आयोजना गरिएको शैक्षिक मेलामा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई विभिन्न जानकारी गराईने जनाएको छ ।
स्टडी इन नेपाल नाम राखिएको मेलामा उच्च शिक्षा हासिल लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै जाँदा स्वदेशमै उच्च हासिल गर्नका लागि नेपालमा गुणस्तरका शैक्षिक संस्था छन् भन्ने जानकारी विद्यार्थी माझ पुर्याउन जरुरी भएको कारण मेला आयोजना गरिएको आयोजकको भनाई छ ।
मेलामा नेपालमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्थामार्फत विद्यार्थीले आवश्यक परामर्श पाउन सक्नेछन् । नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन् ।
मेलाको मुख्य प्रायोजक इस्लिङ्गटन कलेज रहेको छ । विहान १० बजेदेखि साँझ ६ बजे सम्म काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्विविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् ।
त्रिभुवन विश्वविद्यालयको शंकरदेव क्याम्पस, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमी लगायतले पनि परामर्श दिनेछन् । मेलामा ४० भन्दा बढी कलेजहरु सहभागिहुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो