बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

थुन्से बोकेर सडकमा निस्किए बौद्ध भिक्षुहरु, यस्तो छ माग (फोटो फिचर)

बुधबार, ३० साउन २०७५, १५ : ४३
बुधबार, ३० साउन २०७५

काठमाडौं– २०७२ साल वैशाखमा गएको विनाशकारी भुकम्पले भत्किएका गुम्बा तथा विहारको पूर्ननिमार्णमा ढिलाई भएको भन्दै विरोध प्रर्दशन भएको छ । 

बुधबार नेपाल गुम्बा विहार महांसघको आयोजनामा काठमाडौको भृकुटीमण्डपबाट सुरु भएको विरोध प्रदर्शन शहिदगेट, जमल हुँदै शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएका थिए ।   प्रदर्शनकारी थुन्से बोकेर र्यालीमा सहभागि भएका थिए । 

विरोधसभामा सहभागी वक्ताहरुले विगतमा सरकारसँग भएको ६ बुँदे सहमति कार्यान्वयनको माग गर्दै गुम्बा तथा विहारको पूर्ननिमार्णका लागि विनियोजन भएको रकम तत्काल उपलब्ध गराउन माग गरे ।

अन्तराष्ट्रिय दाता तथा विभिन्न निकायले नेपालका २९ जिल्लामा भुकम्पबाट क्षतिग्रस्त गुम्बा विहारको पूर्ननिर्माणका लागि सहयोग गरेपनि सरकारले अनेका बहानामा सहयोग नगरेको उनीहरुको भनाई छ ।

महांसघका अध्यक्ष सोम्वले तामाङ्गले आर्थिक बर्ष २०७३÷०७४मा पूर्ननिर्माणको लागि छुट्टाएको ८ अर्व ९३ करोड रुपैयाँ दिन सरकारले आलटाल गरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । 

कर्मचारीको ढिलासुस्ती र सरकारको वेवस्ताका कारणले सयौं वर्ष पुराना नेपालका गुम्बा तथा विहारको अस्तित्व संकटमा पर्न थालेको महासंघको गुनासो छ ।

विरोध प्रर्दशनमा विभिन्न जिल्लास्थित संघ, गुम्बा तथा विहारका प्रतिनिधिहरु, लामा, भिक्षुलगायतको सहभागिता थियो । 

भुकम्पका कारणले नेपालका २९ जिल्लामा १ हजार ३ सय २० गुम्बा तथा विहारमा क्षति पुगेको सरकारी तथ्यांक छ । 

जससालाई १ देखि ५ श्रेणीमा विभाजन गरि क्षतिको मुल्यांकन गरिएको छ । श्रेणी १ श्रेणीमा ७०, २ मा १ सय ३०, ३ मा २ सय ३, ४ मा २ सय ९८ र श्रेणी ५मा ५सय ९६ ओटा गुम्बा तथा विहार रहेको तथ्याङ्क छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप