मजदुरको शव हेलिकप्टरबाट गृहजिल्ला पठाइयो
भविन कार्की
संखुवासभा– जिल्लाको मकालु गाउँपालिका ५ मा निर्माणाधीन अरुण तेस्रो परियोजनामा मृत्यु भएका मजदुरको शव बुधबार गृह जिल्ला पठाइएको छ । कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाहीको शव आज गृहजिल्ला पठाइएको हो ।
मृतकको शव हेलिकप्टरबाट गृह जिल्ला पठाउन जेपी कम्पनीले नमानेपछि दुई दिन मृतकको शव जिल्ला अस्पताल खाँदबारीमा पलपत्र परेको थियो । शव पठाउने बिषयमा बुधबार आयोजनाका कर्मचारी, ठेकेदार कम्पनी ,जिल्ला प्रशासन र राजनितिक दलहरुसहित बसेको बैठकले फिस्टेल एयरको हेलिकप्टरमार्फत शव पठाउने सहमति भएको हो ।
ड्याम साइड फ्याक्सिन्दाको सुरुङ मार्ग अगाडि काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुङगा लागेर शाहीको सोमबार साँझ मृत्यु भएको थियो । शाहीको विमा बापतको ३२ लाख रुपैंया प्राप्त हुने निर्माण कम्पनीले जनाएको छ ।
कालिकोटका शाहीको मृत्युपछि मजदुरलाई आवश्यकता अनुसार सेफ्टीका सामग्री नदिएको र तोकिएको समयभन्दा बढी काम लगाएको भन्दै नेपाली मजदुरहरुले काम ठप्प पारेका थिए । मृतकको शव हेलिकप्टरमार्फत पठाउने र मृतकका परिवबरलाई किरिया खर्चबापत ३० हजार दिने र मजदुरको सुरक्षामा सेफ्टीका सामग्री प्रयाप्त उपलब्ध गराउने सहमति भएको हो ।
सहमतिपछि नेपाली मजदुरले बुधबार दिउसो बाट काम सुरु गरेको बताइएको छ । जिल्लाको दररेट अनुसार आधा तलब समेत नपाएको मजदुरहरुले गुनासो गरेका छन् ।
९ सय मेघावाट विद्युत्त उत्पादन हुने उक्त जलविद्युत्त आयोजनाको भारतीय सतलज कम्पनीले काम गर्दै आइरहेको छ । उक्त परियोजनाले सन् २०२२ सम्म उत्पादन गर्ने आयोजनाले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ