शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३२१आइस–क्रिम लाइभको आइसक्रिम पार्लर लबिम मलमा

बुधबार, ३० साउन २०७५, १८ : ३५
बुधबार, ३० साउन २०७५

काठमाडौँ । ३२१ आइस–क्रिम लाइभले लबिम मलमा आफ्नो दोस्रो आइसक्रिम पार्लर उद्घाटन गरेको छ । गत वर्ष काठमाडौँको सिभिल मलमा खुलेको आइसक्रिम पार्लर नेपालकै पहिलो नाइट्रोजन प्रयोग गरी जमाइने आइसक्रिम हो ।

ग्राहकहरूको उत्साह र चाखले गर्दा लबिम मलमा पनि नयाँ आइसक्रिम पार्लर खोलिएको कम्पनिका सञ्चालक सन्जोग कोइरालाले बताए । कोइराला भन्छन्, “लबिम मलमा नयाँ आइसक्रिम पार्लर स्थापना गर्दा हामीले ग्राहकहरूको माग, सुविधा, र रुचाइलाई मध्यनजर गरेका छौँ । नयाँ स्वादको आइसक्रिम तथा नयाँ तरिकाले बन्ने आइसक्रिम पनि छिटै ल्याउँदै छौँ ।“

३२१ आइस–क्रिम लाइभमा तरल नाइट्रोजनको प्रयोग गरी ताजा क्रिमलाई तुरुन्ता–तुरुन्तै जमाइन्छ जसका कारण पानी जम्न पाउँदैन र यो आइसक्रिम बाक्लो र उच्चकोटिको हुने कम्पनीको दावी छ ।

यो आइसक्रिम ग्राहकहरूको आँखाअगाडि नै बनाइने र सर्वाधिक ताजा क्रिमबाट बन्ने सञ्चालक कोइरालाले बताए । चिनीको मात्रा कम प्रयोग हुनाले क्यालोरी कम गर्न चाहनेका लागि पनि यो उपयुक्त छ । आइसक्रिममा प्रयोग हुने बिस्कुट अर्थात् वाफल पनि ताजा नै बनाइने कोइरालाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप