शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्याक्समनिको विज्ञप्ती प्रति  हिमालयन बैंकको आपत्ती

बुधबार, ३० साउन २०७५, १९ : १०
बुधबार, ३० साउन २०७५

काठमाडौं । हिमालयन बैंक लिमिटेडले म्याक्समनि एसडीएनवीएचडीद्धारा जारी प्रेश विज्ञप्तीका आधारमा देशका विभिन्न संचार माध्यमहरुबाट म्याक्समनिले बैंक प्रति व्यक्त गरेको धारणका सम्वन्धमा गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक विज्ञप्ती जारी गरी बैंकले कपोकल्पित, भ्रामिक र आधार हिन अनि अतिरञ्जना पूर्ण म्याक्समनिको आरोप प्रति बैंक खेदः व्यक्त गरेको छ । बैंकले जारी गरेको विज्ञप्तीमा विप्रेषणको कारोवार गर्दै आएको मलेसियन कम्पनी म्याक्समनि एसडीएनवीएचडीसंग हिमालयन बैंकले ठूलो रकम भुक्तानी लिनुपर्ने बताइएको छ ।

साथै बैंकले भुक्तानी पाउनुपर्ने रकम असुल उपर गराउन बैंकले पटक पटक आग्रह गरेपछि उक्त कम्पनी बैंकको विरुद्ध यस्तो आरोप लगाएको  बैंकले जनाएको छ । नेपालबाट बैदेशिक रोजगारीमा मलेसिया गएकाहरुको सुविधालाई ध्यानमा राखी हिमालयन बैंक र म्याक्समनि कम्पनीबीच सन् २००८ मा नेपालमा विप्रेषणसेवा प्रदान गर्ने सम्झौता भएको थियो ।

सम्झौता अनुसार नेपालीले कमाएको रकम मलेसिया स्थित म्याक्समनि एसडीएनवीएचडी मार्फत नेपालमा पठाइने रकम यस बैंकले निजका परिवार एवं आफन्तजनलाई नियमितरुपमा भुक्तानी गरेको र रकम भुक्तानी पश्चात बैंकले भुक्तानी बराबरको रकम उक्त कम्पनीसंग भएको सम्झौता बमोजिम नै त्यसको शोधभर्नाका लागि म्याक्समनिलाई पटक पटक ताकेता गर्दा रकम नपठार्ई उल्टै बैंकलाई बदनाम गर्ने दुश्प्रयास गरेको बैंकले जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, “हिमालयन बैंक उक्त रकम असुल उपर गर्न, गराउन दुबै देशका नियमन निकायहरुको समन्वय र सम्पर्कमा रहेको छ ।” बैंकले म्याक्समनिको यस्तो कपोकल्पित र अतिरञ्जितत आरोपका भ्रममा नपर्न पनि सवैमा आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप