शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिरोमा बेपत्ता सासुबुहारीको शव पुरिएको अवस्थामा फेला

बुधबार, ३० साउन २०७५, २० : ३६
बुधबार, ३० साउन २०७५

-थम्मन थापा 

बागलुङ । बुधबार बिहान घर माथिदेखि पहिरो आएर घर गोठ पुरिँदा बेपत्ता भएका निसीखोला गाउँपालिका–३ धुरीस्याउलाका ६५ वर्षीय धनकुमारी शाही र ३५ वर्षीय डल्ली शाहीको शव उद्धारकारीले फेला पारेका छन् ।

उनीहरुलाई बिहानदेखि नेपाल प्रहरी र स्थानीयहरुको शक्रियातामा खोज्न सुरु गरिएको थियो । 

स्थानीय र नेपाल प्रहरीको लामो समयको खोजी कार्यले करिब ३ बजेतिर शव फेला पारेको इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रमुख रिणबहादुर बैद्वारले इपरि न्युजलाई जानकारी दिए । 

बागलुङ सदरमुकामदेखि घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको टोली घटनास्थल पुगेका छन् । 

उद्धार कार्यमा खटिएको टोलीले शवलाई पोष्टमार्टमका लागि बोहोरागाउँ स्वास्थ्य चौकीमा लगिएको बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप