मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चार डिआईजीको सरुवा, को–कहाँ पुगे ? (सूचिसहित)

बुधबार, ३० साउन २०७५, २० : ५८
बुधबार, ३० साउन २०७५

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका ४ जना डिआईजीको सरुवा भएको छ । बुधबार साँझ मन्त्रालयले चार जना डिआईजीहरुको सरुवा गरेको हो । 

डिआईजी धिरु बस्न्यातलाई अपराध अनुसन्धान विभाग अ.नि. ब्यूरोबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा सरुवा गरिएको छ । 

प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ६ सुर्खेतमा कार्यरत डिआईजी सुरेशविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा सरुवा गरिएको छ । 

त्यस्तै प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा कार्यरत महेश विक्रम शाहलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ६ सुर्खेतमा सरुवा गरिएको छ । 

यस्तै डिआईजी सुरज प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयबाट प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ७ दिपायल सरुवा गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप