बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यौन सम्बन्ध स्थापित नगरिकनै किन आमा बनिरहेछन् महिला ?

बिहीबार, ३१ साउन २०७५, ०८ : १६
बिहीबार, ३१ साउन २०७५

बीबीसी

अन्य व्यक्तिको शुक्रकिट खरिद गरेर आमा बन्ने महिलाको संख्यामा लगातार वृद्धि भइरहेको छ । यस्ता महिला विवाह नगरी, यौन सम्बन्ध स्थापित नगरीकनै आइभिएफको सहारा लिएर आमा बनिरहेका छन् ।

पोली केर पनि ती महिलामध्ये एक हुन् जो शुक्रकिट खरिद गरेर आमा बनेकी छिन् ।

अक्फोर्डमा बस्ने ३९ वर्षीया पोलीले एक अपरिचित व्यक्तिको शुक्रकिटबाट गत वर्ष गर्भधारण गरेकी थिइन्  र यस वर्षको सुरुवातमा नै उनले बच्चालाई जन्म दिइन् ।

यो प्रक्रियामा शुक्रकिटलाई एक प्रयोगशालामा गर्भाधान गराइन्छ । आइभीएफ प्रक्रियालाई कुनै कारणवश आमा–बुवा बन्न नसकेका जोडीले पनि प्रयोग गर्ने गर्छन् ।

पोलीले भनिन्, ‘म आमा बन्न चाहन्थें र मलाई राम्रोसँग थाहा थियो कि मेरो यो इच्छाको लागि आइभिएफ तरिका अपनाउनुपर्छ । जब म ३६–३७ वर्ष पुगें तब यसबारे निकै गम्भीर तरिकाले सोच्न सुरु गरें । म कहिले पनि सम्बन्धमा रहिनँ । त्यसकारण यदि मैले आइभिएफ तरिका नअपनाएको भए म कहिले पनि आमा बन्न सक्दिनथें ।’

उनले भनिन्, ‘मेरो परिवारका सदस्यले मेरो यो निर्णयलाई निकै सहज तरिकाले स्विकारेकोमा म निकै अचम्ममा थिएँ ।’

ब्रिटेनमा सरकारी आँकडा अनुसार सिंगल वुमन बन्ने चलन बढिरहेको छ । सन् २०१४ देखि ब्रिटेनमा यसको संख्यामा ३५ प्रतिशतको बढोत्तरी भएको छ ।

अक्सफोर्ड फर्टिलिटीका मेडिकल निर्देशकका अनुसार उनले २० बढि महिलाको उपचार गरेका छन् । उनी भन्छन्, ‘मानिसहरु जति जागरुक हुन्छन् त्यति नै सिंगल वुमनको चलन पनि बढ्नेछ ।’

अक्सफोर्ड फर्टिलिटीका अनुसार मानिसहरु अब एक्लै बच्चालाई जन्म दिन चाहिरहेका छन् । उनीहरुले शुक्रकिट वा डिम्ब खरिद गरिरहेका छन् । भारतमा पनि यस्तो ट्रेन्ड देखिएको छ । गत वर्ष फिल्म निर्माता करण जोहर र नायक तुषार कपुरले यस्तै गरेका थिए ।

यद्यपी, आइभिएफ निकै महँगो प्रक्रिया हो । यसका लागि ब्रिटेनमा लगभग साढे ११ लाख रुपैयाँसम्म खर्च हुन्छ । आइभिएफ सफल हुने नहुने कुरा महिलाको डिम्बले निर्धारण गर्छ । साथै शुक्रकिटको गुणस्तर पनि निकै महत्वपुर्ण हुन्छ । अक्सफोर्ड फर्टिलिटीमा आइभिएफको सफलताको दर ३० देखि ५० प्रतिशतको बीच छ ।

डिम्ब कसरी लिइन्छ ?

संसारभरी शुक्रकिट र डिम्बको किनबेचको प्रचलन बढ्दो छ । यसका विभिन्न कारण बताइन्छ ।

एउटा त निकै पाको उमेरमा विवाह गरेका महिला वा पुरुषमा सन्तान उत्पादनका लागि विभिन्न समस्या निम्तिने गर्छ । यस्तो अवस्थामा आइभिएफ एकमात्र सहारा हुन्छ । शुक्रकिटजस्तै डिम्ब दान गर्न त्यति सजिलो हुँदैन । यो निकै जटिल प्रक्रिया हो र यसमा १५ दिन लाग्छ ।

केही देशको कानून अनुसार आमा बनिसकेका महिलाको मात्र डिम्ब लिने गरिन्छ ता कि उनीहरुलाई पुनः आमा बन्न कुनै समस्या नहोस् । डिम्बलाई  महिलाको शरिरबाट सूईमार्फत बाहिर निकालिन्छ । ती डिम्बलाई जो पुरुष बुवा बन्न चाहन्छन्, उनीहरुको शुक्रकिटसँग मिलाइन्छ ।

शुक्रकिट र डिम्बलाई मिलाएर बच्चा (एम्ब्रियो) बनाइन्छ । एब्रियोलाई महिलाको गर्भमा राख्नका लागि कुनै शल्यक्रिया आवश्यक पर्दैन ।

मात्र एउटा लाइन बनाएर महिलाको शरिरमा राखिन्छ । १५ दिनभित्र गर्भ बसे नबसेको थाहा हुन्छ । सरोगेट र डोनरबारे गोपनियताको सम्झौता हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप