मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘रेनी’मा सनम र दीपकको रोमान्स

बिहीबार, ३१ साउन २०७५, १२ : ००
बिहीबार, ३१ साउन २०७५

काठमाडौं – त्रिकोणात्मक प्रेमकथामा बनेको ‘रेनी’ ८ भदौदेखि प्रदर्शनमा आउँने चलचित्र हो । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई पनि तिबै्र बनाएको छ । 

बिमला मल्ल र संजिव मल्लको निर्माण रहेको चलचित्रमा सरोज खनाल, सुरवीर पण्डित (दारी बा),दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नव–नायिका सनम मल्लको मुख्य भुमिका रहेको छ ।  गिरिश रिजाल (समीप)को निर्देशनमा बनेको चलचित्रको स्क्रिप्ट नव नायिका सनमले लेखेकी हुन् ।

चलचित्र आफ्ना लागि बिषेश रहेको अभिनेता दीपक ढकालले बताए । ढकाल अभिनित केही चलचित्र यस अगाडि प्रदशर््नमा आइसकेको छ । तर उनी दर्शकको नोटीसमा पर्न भने सकेका छैनन् । ‘रेनी’बाट आफु दर्शकको नोटिसमा पर्ने ढकालले सुनाए ।

काठमाडौ उपत्यका तथा कुलेखानी आसपासमा छायाँकन गरिएको चलचित्रमा एक्शन, लभ, कमेडीका साथै सामाजिक सन्देश रहेको निर्मात्री बिमलाले बताइन् ।

जयराम थापाको छायाँकन,  बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत रहेको चलचित्रमा राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको छ । चलचित्र गोबिन्द शाहीले बितरण गर्दैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप