शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमिकालाई गुडिरहेको रेल अगाडि फ्याँक्न खोज्दा... (भिडियोसहित)

बिहीबार, ३१ साउन २०७५, १२ : ५९
बिहीबार, ३१ साउन २०७५

 अष्ट्रेलियाका एक किशोरले आफ्नी प्रेमिकालाई गुडिरहेको रेल अगाडि फ्याँक्न खोजेको भिडियो सार्वजनिक भएको छ ।

एडिलेडको एलिजाबेथ साउथ स्टेशनमा गत अक्टोबरको उक्त घटना सिसिटिभी क्यामरामा कैद भएको थियो ।

१९ वर्षे लुकास ग्यारी नार्कलले आफ्नी १४ वर्षकी प्रेमिकालाई गुडिरहेको रेलको अगाडि फ्याँक्न खोजेका हुन् । भिडियोमा देखिए अनुसार उनकी प्रेमिका भने आफूलाई प्रेमीको पकडबाट फुत्किन निकै कसरत गरिरहेको देख्न सकिन्छ ।

हत्या प्रयासको मामलामा नार्कललाई पक्राउ गरिएको थियो । तीन महिना जेलमा बसेपछि उनलाई गत फेब्रुअरीमा जमानतमा रिहा गरियो ।

उनलाई बुधबार साउथ अष्ट्रेलियन डिस्ट्रिक्ट कोर्टमा पेश गरिएको छ ।

उनी बिहिबार पुनः अदालतमा पेश हुँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप