शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान अभिनयमा डेब्यु गर्दा यी अभिनेत्री थिए ‘बच्चा’

बिहीबार, ३१ साउन २०७५, १६ : ०६
बिहीबार, ३१ साउन २०७५

 मुम्बई –बलिउडका दबङ्ग स्टार सलमान खानको करोडौं फ्यान छन् । उनीसँग काम गर्न हर अभिनेत्री मरिहत्ते गर्दछन् । बलिउडका एकसे एक स्टार अभिनेत्रीले सलमानको साथ काम गरेका छन् । बलिउड भित्रिने हरेक अभिनेत्रीको सलमानको साथ काम गर्ने सपना रहने गर्दछ । बलिउडका ती अभिनेत्रीको चर्चा अहिले गर्दैछौं । जुन अभिनेत्रीको उमेर सलमानले डेब्यु गर्दा निकै कम रहेको थियो ।

करिना कपुर खान 
अहिले बलिउडकी टप ५ अभिनेत्रीमा पर्दछिन् करिना कपुर खान । उनले सलमानको साथ बजरंगी भाइजान, दबंग, बडीगाड) लगायतका चलचित्र अभिनय गरेकी छन् । सलमानले पहिलो चलचित्र अभिनय गर्दा उनी ८ बर्षकी थिइन् । करिना सानैदेखि सलमानको फ्यान थिइन् ।

कट्रीना कैफ 
 कट्रिना सलमानकी एक्स गर्लफ्रेण्ड पनि हुन् । सलमानका साथ कट्रीनाको केही हिट चलचित्र पनि दिएकी छन् । जतिबेला सलमानले बलिउड चलचित्र अभिनयमा डेब्यु गरे । सो समय कट्रीनाको उमेर ५ बर्ष रहेको थियो ।

ज्याकलीन फर्नाडिज 
ज्याकलीनले सलमानको साथ किक र रेश ३ अभिनय गरेकी छन् ।  सलमान खान अभिनयमा त्रिभिएको समय उनको उमेर ३ बर्षमात्र पुगेको थियो ।

अनुष्का शर्मा 
चलचित्र सुल्तानमा अभिनेत्री अनुष्काले सलमानको साथ काम गरेको थिइन् । चलचित्रले दर्शकको मन समेत जित्न सक्यो ।सलमान अभिनयमा डेब्यु गर्दा अनुष्का ३ बर्षको थिइन् ।
 
सोनाक्षी सिन्हा 
सोनाक्षीले सलमानको चलचित्र दबंगबाट बलिउड डेब्यु गरेकी हुन् । सलमान बलिउड डेब्यु गर्दा उनी १ बर्षकी रहेको थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप