बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्यादती : जलाउनेदेखि पानीमा विष सम्म !

बिहीबार, ३१ साउन २०७५, १६ : १६
बिहीबार, ३१ साउन २०७५

प्रेम सुनार, गुल्मी– अज्ञात समुहले गएराती गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर–१०  सिमिचौमा एक महिलाको घरमा रहेको पानी ट्याङकी जलाइदिएको छ । 

३३ वर्षीया गोमा पाण्डेले पानी ट्याङ्की अज्ञात समुहले जलाइदिएको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीमा बिहीबार उजुरी दिएकी छन् ।

पाण्डेले विगत २०६२ साल देखिहालसम्म यस्तै घटना भइरहेको बताइन् । ‘२०६२ सालमा सुत्ने कोठामा अज्ञात ब्यक्तिले आगो लगाइदियो । हजारौं मुल्य बरबरको सामग्री जलेर नष्ट भए । फेरि २०६५ सालमा गाग्री र ताउलाको पानीमा विष राखिदियो । ताउलाको पानी खानसाथ भैसी म¥यो ।

२०६९ सालमा पाँच सय लिटरको पानी ट्याङकी काटियो’ उनले भनिन्–२०७४ साल जेठमा गोठ आगो लगाएर जलाईयो, हिजो पनि  एक हजार लिटरको पानी ट्याङकी जलाएर नष्ट पारिएको छ ।’ 

घटनाबारे प्रहरीलाई जानकारी गराएपनि दोषी पत्ता नलागेको उनले सुनाइन् । उनले भनिन्–‘म पटक पटकका घटनामा प्रहरीकहाँ आएर आफु सुरक्षित हुन नसकेको निवदेन गरे  । तर, म सुरक्षित हुन सकिन ।’

घटनाबारे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रोशन खड्काले आफूले थाहा पाउनसाथ प्रहरीको टोली घटना स्थलमा पठाएको र त्यसबारे अनुसन्धान हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप