अब सिभील, सेञ्चुरी र एक्सेल बैंक पनि कनेक्ट आईपीएसमा आवद्ध
काठमाडौं । नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएसमा ई–पेमेन्ट प्रणालीमा कारोबार शुरु गर्ने गरि सिभील, सेञ्चुरी र एक्सेल बैंकलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । ग्राहकहरुले कनेक्ट आईपीएस मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् ।
यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु गर्न सक्ने व्यवस्था रहेका छन् । यस्ता सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ ।
हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन र छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भैरहेको जानकारी कम्पनीले गराएको छ ।कनेक्ट आईपीएसमा ई–पेमेन्ट प्रणालीमा हाल सम्म २६ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।