‘मेरी मामु’ ले आमा र बच्चाको सम्बन्ध सुधार्छ: अभिनेत्री कुशुम
काठमाडौं– ६ बर्षका बालक आयुव सेनको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी मामु’को ट्रेलर रिलिज गरिएको छ । बिहिबार जावलाखेलस्थित डिएभी स्कुलमा आयोजित एक कार्यक्रममा बिद्यार्थी भाइबहिनी माझ ट्रेलर रिलिज गरिएको छ ।
पुरै कमर्सियल रुपमा ल्याइएको ट्रेलरमा चलचत्रिको केही मुख्य अंशले प्राथामिकता पाएका छन् । ट्रेलरबाट चलचित्रमा ६ बर्षीय बालक आयुवले राम्रो काम गरेको अनुमान लगाउन सकिन्छ । आमा र बच्चाको विषयमा चलचित्र निर्माण भएकोले स्कुलका भाइबहिनी माझ चलचित्रको ट्रेलर रिलिज गरिएको कार्यक्रममा निर्माता सन्तोष सेनले बताए ।
‘देशभरको स्कुलमा हामीले चलचित्रको क्याम्पेन चलाइरहेका छौ’ निर्माता सेनले भने ‘प्रचारकै सिलसिलामा डिएभी स्कुल पनि आएका छौ । प्रचारको वातावरण मिलाई दिने टिभर, विद्यालय प्रशासन सबैलाई धन्यवाद दिन चाहान्छु ।’ सेनले आफुले स्कुले भाईबहिनीलाई लक्षित गरेर चलचित्र बनाएको खुलाउदै बिद्यार्थी भाईबहिनीलाई पनि एकपटक अभिभावकको साथमा गएर चलचित्र हेर्न आग्रह गरे ।
हुर्केर आफु कमाउन सक्ने भएपछि छोराछोरीले आमाबुबालाई बृद्धाश्रममा छोड्ने क्रम बढ्दो छ । सानैमा आमाबुबाको महत्व बुझाउन सकियो भने यस्तो प्रबृत्ति हटेर जाने सेनको भनाई रहेको थियो । विद्यालयका प्रिन्सिपल अनिल केडियाले ‘मेरी मामु’ राम्रो बनेको अनुमान गर्न सकिने बताए ।
उनले बच्चा र आमाको बिषय यसले उठाएकोले चलचित्रको कार्यक्रममा सहभागी जनाएको सुनाए । ‘आमा बाबुले आफ्नो सबै सम्पति दाउमा राखेर छोरा–छोरी हुर्काउने गर्दछन्’ केडियाले भने– ‘तर छोराछोरी हुर्किए पछि बुबाआमालाई लात हान्न समेत पछि पर्दैनन् ।’ आमाबुबाको महत्व दर्साउने यो चलचित्र सबै बिद्यार्थीका लागि उपयोगी हुने उनको भनाई रहेको थियो । जे जस्तो भएपनि जन्मदिने आमाबुबा भन्दा महान ब्यक्ति संसारमा कोही नहुने उनले सुनाए ।
निर्देशक यम थापाले चलचित्रले आमा र बच्चाको सम्बन्ध के हो भन्ने बुझाउने बताए । ‘जुनै रुपमा आएपनि आमा भन्दा माथि कोही हुँदैन भन्ने सन्देश चलचित्रले दिन खोजेको छ ’ उनले थपे ‘चलचित्र हेरेपछि बच्चाको आमाबुबासँगको सम्बन्ध झन् मजबुत हुनेछ ।’
अभिनेता शाहरुख ताम्राकारले चलचित्रमा आफुले बुबाको भूमिका निर्वाह गरेको बताउँदै चलचित्रले बच्चाहरुको साइकोलोजी समस्याको बिषय पनि उठाएको खुलाए । उनले भने ‘प्रेमकथा र परिवारिक कथा चलचित्रले बोल्ने छ ।’
अभिनेत्री कुशुम गुरुङले मेरी मामु चलचित्र राम्रो बनेको दाबी गरिन् । ‘नेपालमा यस्तो चलचित्र पहिलो पटक बनेको छ’ गुरुङले भनिन् ‘आमा र बच्चाले एकपटक चलचित्र हेरे सम्बन्ध सुधार्न सजिलो हुन्छ ।’ ६ बर्षीय अभिनेता आयुवले आफुले चलचित्रमा राम्रो काम गरेको बताउँदै हेरेर सुझाव दिन आग्रह गरे ।
१५ भदौबाट रिलिज हुन लागेको चलचित्र ‘मेरी मामु’ आशुसेन फिल्मस्को चौथो प्रस्तुतिमा तयार भएको हो । चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । यम थापाको लेखन तथा निर्देशन रहेको चलचित्रमा नायिका अश्लेषा ठकुरी, नायक सारुक ताम्राकार, कुसुम गुरुङ र दुर्गा मल्लको समेत मुख्य भूमिका रहेको छ ।
निर्माण युनिट केही दिन पहिले पूर्व पश्चिम टुर सकाएर फर्किएको छ । अब केही दिनमा कन्सर्टसहित नेपाल टुरमा निस्कने निर्माता सेनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस