शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अख्तियारको टोलीद्वारा नापी अधिकृत पक्राउ

बिहीबार, ३१ साउन २०७५, १६ : ४२
बिहीबार, ३१ साउन २०७५

रौतहट– नापी कार्यालय गौरका अधिकृत धिरेन्द्रलाल १४ हजार घुस रकमसहित पक्राउ परेका छन् । धिरेन्द्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस वापतको रकम लिँदालिँदै कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

अधिकृत लालले बिहिबार गौर नगरपालिका वडा नम्बर ५ का वडासदस्य विश्वनाथ महतोबाट जग्गाको कित्ताकाट गरेवापत उक्त घुस रकम लिएका थिए । अधिकृत लाललाई आवाश्यक कारवाहीका लागि हेटौंडास्थित अख्तियारको क्षेत्रीय कार्यालय पठाइएको अख्तियारका बेनीमाधव पौडेलले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप