बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीको मृत्युको घटनासँग कथा मिलेको भन्दै अवरोध भएपछि चलचित्र ‘रोजी’ को नाम परिवर्तन

बिहीबार, ३१ साउन २०७५, १८ : ०६
बिहीबार, ३१ साउन २०७५

काठमाडौं– २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘रोजी’को नाम परिवर्तन भएको छ । चलचित्रको नाम रोजीबाट रोज राखिएको छ । काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग चलचित्र ‘रोजी’को कथा परिवेस मिलेको भन्दै पटक–पटक सो नाम नराख्न दबाव दिएपछि नाम परिवर्तन गरिएको निर्माण संस्था गोपीकृष्ण मुभिजले जनाएको छ । 

बिहिबार चलचित्र विकास बोर्डमा निर्माता निर्देशक निकर पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम् नानीमैया महर्जनबीच भएको वार्तामा आफ्नो छोरीको मृत्यु घटनासँग सम्बन्धित चलचित्रको कथा मिलेको मर्हजन परिवारले दाबी गरे । महर्जन परिवारले चलचित्र निर्माणको सुरु देखिनै यस्तो दाबी गर्दै यो नाम नराख्न दबाब दिँदै आएका थिए ।

बिहिबार भएको दुई पक्षीय वार्तामा अब निर्माण पक्षले चलचित्रको नाम रोजी नराख्ने, चलचित्र सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता गोपीकृष्ण मुभिजनले जनाएको छ । सम्झौतामा रोजीको परिवारजनबाट चलचित्रलाई कुनै पनि प्रकारको बाधा नपुर्याउने समेत भएिको विज्ञप्तिमा उल्लेख छ । 

‘एउटा मृतकको सम्वेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । कानूनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको सम्बेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहेको छ ’ निर्देशक निरक पौडेले भने ‘रोजी हत्या काण्डको बारेमा आफुलाई जानकारी थिएन । निर्माणको समयमा महर्जन परिवारले चलचित्रको छायाँकनमा बाधा पार्न थालेपछि सो हत्याण्डबारे आफुले अध्ययन गरेको हो ।’ रोजी हत्याकाण्डको अध्ययनपछि धेरै कुरा फरक पाएकोले आफुहरुलाई नाम परिवर्तन गर्न गाह्रो नभएको पनि उनले प्रस्ट पारे ।

यो चलचित्रलाई महर्जन परिवारले चलचित्र विकाश बोर्डमा उजुुरी दिएर शुरुमै छायाँकनमा अवरोध गरेको थियो । निर्देशक पौडेलले महर्जन परिवारलाई नाममा चित्त नबुझेमा पनि परिवर्तन गरिदिने बताएपछि अबरोध भएको छायाँकन सुचारु भएको थियो ।

गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो चलचित्रमा अभिनेता प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर,कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप