बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारको मैत्रीपूर्ण ‘हिलो कप’ फुटबल

बिहीबार, ३१ साउन २०७५, १८ : २५
बिहीबार, ३१ साउन २०७५

काठमाडौं– कलाकार कलाकार बीचको मैत्रीपूर्ण फुटबल ‘हिलो कप’ सम्पन्न भएको छ । राजधानीको पेप्सीकोला स्थित टाउन प्लानिङमा चलचित्र तथा गीत, संगीत क्षेत्रका सर्जकहरुको मैत्रीपूर्ण फुटबलमा १२ टोली एक आपसमा भिडेका थिए । 

नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डमा सहभागी कलाकार बीच सद्भाव प्रदान गर्ने उदेश्यले फुटबल आयोजना गरिएको बक्स अफिसले जनाएको छ ।  साउन महिना झरी पर्ने महिना भएकोले यसै महिना आयोजना गरिएको फुटबल कार्यक्रमको नाम ‘हिलो कप’ राखेको आयोजक बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले बताए ।

प्रतियोगितामा सहभागी १२ टोलीमध्ये पहिलो भिडन्त जनजाती तथा भाषाभाषी गीतका कलाकारहरुले भीएफएक्स टोलीको सामना गरेका थिए । जसमा भीएफएक्स टोलीले ५–३ को गोल अन्तरले जित हासिल गरेको थियो । 

त्यसैगरी दोस्रो खेलमा नेवारी कलाकार भर्सेस तामाङ कलाकार बीचको भिडन्त पनि निकै रमाइलो बन्यो । जसमा तामाङ कलाकारले २–० गोल अन्तरको जित हासिल ग¥यो ।  तेस्रो खेलमा लोकदोहोरी कलाकारले आधुनिक कलाकारको टोलीलाई पनि २–० कै गोल अन्तरको जित हासिल गर्यो  ।  

त्यस्तै, चलचित्रका कलाकारहरुको फुटबल पनि निकै नै रमाइलो बन्यो । जसमा मेरी मामु टोली र लभ डायरिज टोलीले बराबरी खेले । चलचित्र कहीँ कतै र राष्ट्रिय कलाकारको टोली, सांगीतिक क्षेत्रका स्रष्टा तथा मोडलहरुलाई एकै मालामा उनेर बक्स अफिस इन्टरनेशनल ग्रुप, बक्स अफिस फिल्मी क्लब नेपालले राष्ट्रिय म्यूजिक भिडियो, चलचित्र, धार्मिक, तीज, आधुनिक, लोकदोहोरी, भाषाभाषी, पप गीत लगायतलाई समेटेर वृहत्त अवार्ड वितरण गर्न लागेको हो । 

अवार्डको नोमिनेस सार्वजनिक १० भदौमा हुँदैछ ।  अवार्ड कार्यक्रम कार्यक्रम १८ असोजमा सिंगापुरमा हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप