बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चामा ओखलढुंगाका राष्ट्रिय भलिबल खेलाडी हरि अधिकारी

बिहीबार, ३१ साउन २०७५, १८ : ४२
बिहीबार, ३१ साउन २०७५

रामहरि श्रेष्ठ 
ओखलढुंगा– एसिया महादेशकै सवैभन्दा ठुलो प्रतियोगिताको १८ औँ संस्करण भदौ २ गतेबाट इन्डोनेसियामा सुरु हुदैछ । इन्डोनेसियाको राजधानी जाकर्तामा सुरु हुने एसियन गेम्सको भलिबल तर्फको खेलमा नेपालले पनि ३२ बर्षपछि सहभागिताता जनाउने मौका पाएको छ । प्रतियोगितताका लागी नेपाली भलिवल टोलीलाई राष्ट्रपति विद्यादेवी  भन्डारीले बिदाई गरिसकेकी छन् । 

प्रतियोगितामा छनोट भएका १२ जना खेलाडीहरुमध्ये ओलखढुंगाका एक युवा समेत टिममा अटाएका छन् । जिल्लाको चिसंखुगढी गाँउपालिका १ कुईभिरका हरि अधिकारीले राष्ट्रिय स्तरको भलिवल टिममा परी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न लागेका हुन् । २५ बर्षिय अधिकारी बाल्यकाल देखिनै भलिवलमा निकै रुचि राख्दथे । उनले विद्यालय पढ्दा देखीनै विभिन्न प्रतियोगिताहरु खेलिसकेका थिए ।  खेलकुदमा निकै नै रुचि भएपनि परिवारीक अवस्था र खेलले मात्रै जिवन धान्न नसक्ने भएपछि उनी नेपाल आर्मीमा भर्ना भए । 

२०६८ सालमा नेपाल आर्मीमा भर्ना भएका उनि आर्मीको जागीर भित्र पनि खेलकुदलाई रोजे । जागीरको सिलसिलामा धेरै ट्रेनिङहरु लिए । उनि भलिवल मार्फत नै बिस्तारै गणबाट पृतना हुदै  त्रिभुवन आर्मी क्लमा प्रवेश गर्न सफ भए । 

त्यसपछि उनले धेरै राष्ट्रिय स्तरका भलिवल खेलहरु खेलिसकेका छन् । अहिलेसम्म अधिकारीले ६ वटा भन्दा बढी राष्ट्रिय स्तरको प्रतियोगितामा भग लिएका छन् । ‘यहाँ सम्म आउनलाई मैले धेरै दुख गरेको छु ,मेरो सपना थियो भलिवलमै केहि गर्छु भन्ने त्यतिबेला भलिबल मात्रै खेलेर जिबन धान्न नसकेर अनि आर्मीको जागीर खाँए ’ उनले भने ।

उनि भुपध्वज अधिकारी र लक्ष्मी अधिकारीका जेठो सन्तान हुन् । मध्यमवर्गीय परिवारमा जन्मिएका अधिकारी अहिले राष्ट्रिय स्तरको फुलबल टोलीमा परेपछि उनिको चौतर्फी चर्चा हुन थालेको छ । उनी भन्छन् ‘अहिले जिल्लामा मात्र होईन देशले नै चिनेको छ । यसलाई नै मैले मेरो गौरव ठानेको छु’ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप