मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी घोषणा

बिहीबार, ३१ साउन २०७५, १८ : ५३
बिहीबार, ३१ साउन २०७५

काठमाडौँ । वाई वाई ग्लोकल टिन हिरो  २०१८ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरिका किशोर किशोरीहरुबाट  कुल  ५३२ आवेदन आएकोमा अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।

आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रम्मिंग, रोबोटिक्स, उधमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कौशलता देखाएका छन् ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आबिस्कारक– विकल्प ढुंगाना, लेखिका– दीपशिखा घिमिरे, सामाजिक अभियन्ता–प्रशंशा के.सी, उद्यमी –सौगात तिवारी, इकोप्रेनेर – सुदर्शन सुबेदी र सामाजिक उद्यमी–स्वोर्निम श्रेष्ठ रहेका छन् ।

वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर –किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन कार्यक्रम भएको आयोजकको भनाइ छ  । 

अब अन्तिम ६ प्रतिस्पर्धीको एकसाता सम्म क्षमता विकास तालिम हुनेछ । एसएमएस भोटिंङ राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तरबार्ताको आधारमा यो बर्षको टिन हिरो छानिने छ । ग्लोकल टिन हिरोको पुरस्कार समारोह १ सेप्टेम्बरमा हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप