शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप २०१८ शुक्रबारबाट शुरु हुँदै

बिहीबार, ३१ साउन २०७५, १९ : १४
बिहीबार, ३१ साउन २०७५

काठमाडौं । नेपाल ई–स्पोर्टस् संघ (नेसा) ले एनसेल प्राईभेट लिमिटेडसँगको सहकार्यमा यही भदौ १ र २ गते नेपालमा पहिलो पटक नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप २०१८ को आयोजना गर्दैछ । देशमा रहेका ईस्पोर्टस् खेलाडीहरुलाई आफ्नो कौशल प्रदर्शन गर्दै राष्ट्रिय उपाधि तथा विश्वमा हुने विभिन्न  ईस्पोर्टस् प्रतिस्पर्धाहरुमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नु यस च्याम्पियनसिपको उद्देश्य रहेको आयोजकले बताएको छ ।

काठमाडौंको भृकुटी मण्डपमा हुने कार्यक्रम नेपालमा ई–स्पोर्टस्को प्रवर्धन गर्दै मुलधारको खेलको रुपमा विकास गर्ने उदेश्य सहित गर्न लागिएको आयोजकले बताएको छ । यो नेपाल ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय ई–स्पोर्टस् महासंघसँग आवद्ध छ ।

साथै एसियन ई–स्पोर्टस् महासंघसँग पनि सम्बद्ध छ र वल्र्ड साइबर एरिना (डब्लुसिए) को पनि पूर्ण सदस्य रहेको छ । नेपाल ई–स्पोर्टस् च्याम्पियनसिपमा यस वर्ष दुई विषेश भिडियो गेमहरु ‘डोटा टु’ र ‘काउन्टर स्ट्राइकःग्लोबल अफेन्सिभ (सिएसःजिओ)’ समावेश गरिएका छन् ।

प्रत्येक गेममा ८ समुहले प्रतिस्पर्धा गर्र्देछन् र प्रत्येक गेमका विजयी समुहले पुरस्कार स्वरुप रु १५०,००० नगद प्राप्त गर्नेछन् । साथै विजयी समुहले अन्तर्राष्ट्रिय ई–स्पोर्टस् प्रतिस्पर्धाहरुमा सहभागी हुने मौका पनि पाउनेछन् । ई–स्पोर्टस् प्रेमीहरुले नेपाल ई–स्पोर्टस् च्याम्पियनसिपको लाईभ स्ट्रिमिङ्बाट पनि मजा लिन सक्नेछन् ।

यस च्याम्पियनसिपको व्यवस्थापन अडिया सर्भिसेज प्राईभेट लिमिटेडले गर्दैछ । दर्शकहरुको मनोरञ्जनका लागि च्याम्पियनसिप स्थलमा विभिन्न कार्यक्रमहरु पनि संचालन हुनेछ । च्याम्पियनसिपको उद्घाटन तथा समापन कार्यक्रममा युट्युबमा बहुचर्चित रहेका नेपाली कलाकार स्वप्न सुमन र टम्बलविड इङ्कको प्रस्तुती रहनेछ ।

कार्यक्रममा प्रवेश शुल्क रु १५० रहेको छ । च्याम्पियनसिपमा २०,००० भन्दा बढि दर्शकहरुले सहभागीता जनाउने नेसाले आशा लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप