बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब बढी नाफा

शुक्रबार, ०१ भदौ २०७५, १० : ३६
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्षमा (२०७४/०७५) ४ अर्ब ३२ करोड ७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष (२०७३/०७४) बैंकले २ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा गरेको थियो । 

वाणिज्य बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा ५५.८८ प्रतिशतले नाफा बढेको हो । बैंकको यो रेगुलेटरी एडजस्टमेन्ट पछिको नाफा हो । 

बैंकले यसपटक खराब कर्जा भने घटाउन सकेको छैन । अघिल्लो वर्ष जस्तै बैंकको खराब कर्जा ३.७७ प्रतिशत रहेको छ । 

बैंकको लागत बढेर २.२१ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष १.७४ प्रतिशत थियो । बैंकले बयाज आम्दानीबाट १० अर्ब रुपैयाँ कमाएको छ ।

बैंकको सञ्चालन मुनाफा ६ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ५४.४० रुपैयाँ छ । 

बैंकले १ खर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब २४ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप