शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डलर इतिहासकै महङ्गो

शुक्रबार, ०१ भदौ २०७५, ११ : २६
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौँ । अमेरीकी डलर इतिहासकै महङ्गो बनेको छ । 

शुक्रबार  नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर एक सय ११ रुपैयाँ ९५ पैसा तोकेको छ । अमेरिकी एक डलरको बिक्री मूल्य १ सय १२ रुपैयाँ  ५५ पैसा कायम भएको छ । 

एक यूरोको खरिददर १ सय २७ रुपैयाँ ३६  पैसा छ भने बिक्री दर १ सय २८ रुपैयाँ ०४ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४२ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १ सय ४३ रुपैयाँ ०१ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर  १० रुपैयाँ १० पैसा र बिक्री दर १० रुपैयाँ १५ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्री दर ३० रुपैयाँ ९१ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ६८ रुपैयाँ ९२ पैसा र बिक्री दर ३ सय ७० रुपैयाँ ८९ पैसा रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप