शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका चोपडाको इन्गेजमेन्ट रिंगको मूल्य दुई करोड २५ लाख !

शुक्रबार, ०१ भदौ २०७५, ११ : ५४
शुक्रबार, ०१ भदौ २०७५

बलिउडकी प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँगको सम्बन्ध अझै स्विकारेकी छैनन् । यी दुईको इन्गेजमेन्ट भइसकेको पारिवारिक स्रोतले दाबी गरिसकेको छ । केही दिन अघि सिंगापुरबाट मुम्बई फर्कने बेला उनले आफ्नो हातको औंठी झिकेर पाइन्टको खल्तीमा हालेको भिडियो सार्वजनिक भएको थियो  । तर उनको हालैका केही तस्बिरमा भने उनको ‘इन्गेजमेन्ट रिंग’ देखिएको छ ।

पिंकभिल्लाको रिपोर्ट अनुसार डिजाइनर मनिष मल्होत्राको पार्टीमा रबिना टण्डनसँग देखिएकी प्रियंका चोपडाको तस्बिरमा पहिलो पटक उनको हातमा औंठी देखिएको छ ।

स्रोतका अनुसार उक्त औंठी निकले लण्डनको त्षाबलथ ७ ऋय। कतयचभ मा आफैं गएर किनेका हुन् । हिराको उक्त औंठीको मूल्य दुई लाख डलर अर्थात् दुई करोड २५ लाख रुपैयाँ हो ।

रिपोर्ट अनुसार प्रियंकाले इन्गेजमेन्ट पार्टीको आयोजना गर्दैछिन् । अगस्ट १८ तारिखमा हुने यो पार्टीमा मुम्बईको पाँचतारे होटल बुक गरिएको बताइएको छ ।

स्रोतका अनुसार उक्त पार्टीमा निक जोनासको पूरा परिवार र प्रियंकाका नजिकका आफन्तलाई निम्तो दिइएको छ । उक्त पार्टीमा प्रियंकाले आफ्नो सम्बन्ध र इन्गेजमेन्टबारे आधिकारिक रुपमा पुष्टि गर्दैछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप