बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिति परिवर्तन : प्रतिनिधिसभा समिति सभापति निर्वाचन १७ गते हुने

शुक्रबार, ०१ भदौ २०७५, १४ : १०
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं– प्रतिनिधिसभा अन्र्तगत रहेका समिति सभापतिको निर्वाचन मिति सरेको छ ।   

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्ण बहादुर महराले सभापति निर्वाचन भाद्र १७ गते हुने जानकारी गराएका हुन् ।

सभामुख महराले विशेष कारणले प्रतिनिधिसभा नियमावलीको नियम १ सय ७३ को उपनियम १ बमोजिम समिति सभापतिको निर्वाचन कार्यतालिका सारिएको जानकारी दिए । साथै उनले समितिको सभापति निर्वाचन सम्बन्धी संशोधित सुचना प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव गोपाल नाथ योगीलाई निर्देशन दिए ।

यसअघि सभापतिको निर्वाचन भाद्र ५ गते मंगलबार ११ बजेका  लागि तोकिएको थियो ।

यसैबीच बैठकमा सरकारले भुक्तानी तथा फस्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गरेको छ । सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले सो विधेयक प्रस्तुत गरेका थिए । विधेयकमाथि कुनै पनि विरोधको सुचना परेका छैनन् ।

अर्कौ बैठक भदौ ४ गते सोमबार १ बजेका लागि बोलाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप