बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेस्सी र रोनाल्डो एक अर्का बिना कसरी अघि बढ्लान् ?

शुक्रबार, ०१ भदौ २०७५, १५ : ०९
शुक्रबार, ०१ भदौ २०७५

एजेन्सी । लामो समयदेखि हामी लियोनेल मेस्सी–क्रिस्टियानो रानाल्डोको युरोपेली र स्पेनीस मैदानमा प्रतिद्वन्द्विता हेर्दै अएका थियौँ । तर नयाँ सिजन सुरु हुदै गर्दा अब दुई खेलाडी सहभागी भएको क्लासिको कहिल्यै हेर्न पाउने छैनौँ ।

यसले कट्टर समर्थक, सामान्य फ्यानहरु र फुटबलमा सामान्य रुची राख्नेहरुको लागि पनि एउटा बलियो आभिलासाको भावना उत्पन्न गर्नु पर्छ ।

यस कुराले यी खेलाडीहरु आफैलाई पार्न सक्ने असरबारे अहिल्यै कसलाई थाहा छैन ।

बर्षौँदेखि आफूहरुबीच रहेको प्रतिद्वद्विताले आफूलाई नयाँ उचाईमा पुग्न सहयोग पुगेको तथ्यमा रोनाल्डो खुलस्त रहदैँ आएका छन् । 

“म उनलाई शत्रु होइन प्रतिस्पर्धीको रुपमा हेर्छु,” उनले सन् २०१५ को एक वृतचित्रमा मेस्सीबारे भनेका छन् । “म उनलाई मलाई राम्रो खेलाडी बनाउने व्यक्तिको रुपमा हेर्छु र मैले उनलाई राम्रो खेलाडी बनाएको छु ।”

अर्कोतर्फ मेस्सीले यो विषयमा विरलै बोलेका छन् । सायद यो उनको बार्सिलोना प्रणालीमा हुर्काईको प्रतिफल हो । ला मासियामा फुटबलमा व्यक्तिभन्दा टिम मानसिकता विकास गरिन्छ । बार्साको चर्चित कथन

‘मेस क्वे अन क्लब(स्पेनिस पदावली)’ ले पनि यसको सामुहिक केन्द्रित मानसिकतालाई इङ्गीत गर्छ । 

रियल म्याड्रिडले मुख्यतः सुपरस्टार जन्माउदैन, यसले तिनलाई किन्छ । विश्वको आँखा रोनाल्डोमा रहँदा यसले रोनाल्डाको स्थान सधैं आफूहरुकोमा रहेको महसुस ग¥यो ।

“एक खेल प्रतिस्पर्धीले सधै आफ्नो प्रतिद्वन्दीको प्रदर्शनलाई आफ्नो लक्ष्य निर्धारण गर्न प्रयोग गर्न सक्छ ,” खेलकुद मनोविज्ञ ड्यान अब्राहम्सले भने, “रोनाल्डोले मेस्सीमा आफ्नो प्रतिद्वन्द्वी देख्न सक्छन् र सिजनको सिलसिलामा उनको सुध्रिदोँ प्रदर्शनले आफूलाई प्रेरित गर्नको लागि प्रयोग गर्न सक्छन् । ”

“त्यसले उनको दिमागमा यस्तो सोच निम्त्याउन सक्छ ः ठीक छ, मेस्सीले यति धेरै गोल गरे । अब म पनि दश गोल गर्नेछु, र त्यसैले त्यो अबसरको लागि मैले टे«निङमा क, ख, ग र घ गर्नुपर्छ ।’ 

“मेस्सी ला मासिया र बार्सिलोनामा हुर्किएका हुन् । तिनको एक भिन्दै संस्कार छ जसले सामूहिक मानसिकता विकास गर्ने समार्थ राख्छ । यो निक्कै फरक हो । यही कारणले रोनाल्डोलाई मेस्सीले पे्ररित गरेका हुनसक्छन् तर मेस्सी भने रोनाल्डोबाट प्रेरित हुन आवश्यक छैन,” अब्राहम्सले आफ्नो बुझाई व्यक्त गरे । 

अघिल्लो दशकमा यी दुई खेलाडीहरु स्पेनिस क्लबहरुमा रहेर समग्र स्पेनिस लिगको सौन्दर्यलाई बृद्धी गराए । उनीहरुले लगभग आफ्नो एक्लो प्रयासले बार्सिलोना र रियल म्यार्डिडलाई आजको आधुनिक सुपर क्लबमा विकास गराए ।

रोनाल्डो र मेस्सीले प्रेरित गरेको भव्यता पुनः कहिल्यै दोहोरिने छैन । हामीले आफ्नो समयमा फुटबलका दुई सबैभन्दा महान् खेलाडीहरु लगभग सँगसँगै आफ्नो शिखरमा पुगेको मात्र होइन, दुई सबैभन्दा ठूला प्रतिद्वन्द्वी क्लबमा खेलेको देख्यौँ । फेरि उनीहरुको उदय बार्सिलोना र रियल म्याड्रिडको विश्वको उत्कृष्ट क्लबको रुपमा उदयको समयमा भयो ।

‘हेड–टु–हेड’ प्रतिद्वन्द्वितामा मेस्सी र बार्सिलोना अगाडि भएको कुनै शंका छैन । ला लिगामा मेस्सी र रोनाल्डो एक अर्काविरुद्ध १८ पटक उभिए । यसमा मेस्सीले १० पटक जिते भने रोनाल्डोले ४ पटक । यी खेलहरुमा मेस्सीले १२ गोल गर्दा रोनाल्डोले ९ गोल गरे ।

सबैमा हेर्ने हो भने मेस्सीले आफ्नो पोर्चुगाली समकालिन विरुद्ध ३५ खेलमा मा १६ जिते । रोनाल्डो यी खेलहरुमा १० पटक विजयी भए ।

लगभग एक दशकको सगँसगै रहँदाको प्रतिस्पर्धामा बार्सिलोना बढी स्थिर टिम रह्यो । उनीहरुले घरेलु मैदानमा निक्कै बढी जितेका छन्, यसलाई स्थिरताको मापक मान्न सकिन्छ ।

तर त्यो भन्दा ठूलो मञ्चमा भने रोनाल्डोको सफलता बढी टड्कारो छ । रोनाल्डोले च्याम्पिएन लिगमा गरेको १२१ ठूलो गोल सङ्ख्या मध्य अधिकांश गोल उनले पछिल्लो पाँच सिजनमा गरेका हुन् । यी पाँच सिजनमा चार पटक त रियलले उपाधिमाथि कब्जा ग¥यो ।

उनकै सहयोगले उनको देशले सन् २०१६ मा महादेश स्तरको प्रतियोगितामा जित हासिल ग¥यो । त्यस्तै विगत पाँच सिजनलाई मात्र हेर्ने हो भने रोनाल्डोले पाँच मध्य चार ब्यालोन डियर उपाधि उचाले । 

दुःखको कुरा रोनाल्डोले मेस्सीबाट प्रतिस्पर्धा महसुस गरेर उच्च लक्ष्य तोक्ने दिन सक्किएको छ ।

जब म्याड्रिड र बार्सिलोना स्पेनिस उपाधी वा स्पेनिस कप वा च्याम्पियन्स लिगको लागि खेलिरहेका हुन्थे रोनाल्डो र मेस्सी सधैं अगाडि र केन्द्रमा हुन्थे । यी दिन अब सक्किने भनेर मन बुझाउन पनि केही समय लाग्ने देखिन्छ । क्लासिको प्रतिद्वन्द्विताको उत्साह बाँकी रहला अब यो पहिलेजस्तो कहिल्यै हुनेछैन ।

मेस्सीको बार्सिलोना र रोनाल्डोको रियल म्याड्रिडले हामीलाई सबै कुरा दियो । त्यसमा खड्किने एउटै कुरा रह्यो, उनीहरुको यी दुई क्लबबाट च्याम्पियन लिगको फाइनलमा कहिल्यै भेट भएन ।

तथापी, विभिन्न महत्वपूर्ण लिग, महादेशीय प्रतियोगिता, विभिन्न फाइनलहरुमा उनीहरुको भेट र जितहारहरु भइरह्यो । बर्नेबेउमा इन्ज्युरी समयमा गोल गरेर म्याड्रिड माथिको विजयपछि मेस्सीले मनाएको विजय विशेष चर्चित रह्यो । तर रोनाल्डोलाई क्याम्प नुमा त्यसको जबाफ दिन धेरै कुर्नु परेन । 

यी क्षणहरु एक अर्कोको उपस्थिति बिना सम्भव थिएन । 

सैद्धान्तिक रुपमा ११ जनाको फुटबल टिममा प्रत्यक खेलाडीमाथि ९.०९% जिम्मेबारी तथा कार्यभार पर्छ । तर मेस्सी र रोनाल्डोको तिनको टिममा त्यो भन्दा निक्कै बढी योगदान रहन्छ । यो योगदान उनीहरुको गोलको लागि मात्र हुदैन तिनको उपस्थीतिले पनि हुने गर्छ । प्रत्यक्ष साक्षत्कारको अबसरमा उनीहरुले आफ्ना टिमहरुलाई अतिरिक्त तिक्ष्णता प्रदान गर्छन । 

निःशन्देह पेप ग्वार्डियोला र जोसे मोरिन्होले यी दुई स्पेनिस क्लबबाट कोचको भूमिका त्यागेपछि क्लासिकोले तिक्ष्णता स्तर गुमाएको थियो । तर पनि मेस्सी र रोनाल्डोले गर्दा यो दमदार रहिरह्यो । तर अब त्यो पनि सधैंको लागि गुमेको छ । क्लासिको कहिल्यै पनि उस्तै रहन्न, हामी दर्शकहरुलाई तथा मेस्सी र रोनाल्डोको लागि पनि । 

रोनाल्डोको म्याड्रिडले बार्सालाई राम्रो बनायो, मेस्सीको बार्साले म्यार्डिडलाई राम्रो बनायो । यही कुरा दुई खेलाडीको हकमा पनि लागु हुन्छ । यी दुई खेलाडिसँग कुल १० बेलोन डियर हुनु पनि यसको प्रमाण हो । यदी एक अर्का थिएनन् भने यीनले यो उचाई हासिल गर्न सक्थे कि सक्थेनन् भनेर कसलाई थाहा छ र ?


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप