शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अग्नि मोटो इन्कले ल्यायो विद्युतीय सवारी ई–अल्फा थ्री ह्वीलर

शुक्रबार, ०१ भदौ २०७५, १६ : ०३
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं । महिन्द्रा टु ह्वीलर्स नेपालको लागि आधिकारिक विक्रेता अग्नि मोटो इन्कले शून्य उत्सर्जन गर्ने नयाँ विद्युतीय सवारी ई–अल्फा थ्री ह्वीलर तराई क्षेत्रको, बुटबल, भैरहवा, लाहान तथा विराटनगरमा ल्याएको छ ।

यो तिन पाङ्ग्रे सवारी एकपटक चार्ज गरेपछि ८५ किलोमिटरसम्म गुड्न सक्छ  । २५ किलोमिटर प्रति घण्टाका दरमा कुद्न सक्ने क्षमता यसमा रहेको छ । १००० वाटको मोटर तथा कन्ट्रोलर भएको यस सवारीमा ४८ भोल्ट १२० ए एच को व्याट्री लाग्दछ । 

इ–अल्फा मिनिमा आकर्षक भित्री डिजाइन रहेको छ, रुवस्ट बडी, फुल क्यानोपि, स्टाइलिस ब्याक ड्यासबोर्ड, चुस्त सस्पेन्सन, सिफ्टिङ्ग क्लच तथा चेसिस र ठूलो बस्ने क्याविन रहेको छ । यसमा यात्रुहरुलाई सहजता एवं चालकलाई सुविधा मिल्ने छ ।

यसमा धेरै भारबहन क्षमता, अधिकतम सुविधा रहेको छ । अन्य प्रतिस्पर्धी सवारीहरुको तुलनामा यो चढ्न र चलाउन अझ बढी सहजता मिल्ने कम्पनीले बताएको छ । 

“सवारी शानको भरोसा महिन्द्राको” भन्ने नाराका साथ बजारमा ल्याइएको यस सवारीको विशेषता भनेको शून्य उत्सर्जन रहेको छ, यो पूर्ण रुपमा वातावरण मैत्री तथा सुरक्षित सवारीको रुपमा रहनेछ । ई–अल्फामा कम्पनीले २ वर्षको वारेन्टी, व्याट्रीमा ६ महिनाको वारन्टी तथा ६ महिनासम्म निःशुल्क सर्भिसिङ्ग उपलब्ध गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप