शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकले घोषणा गर्यो तीन खेलाडीहरुलाई ब्रान्ड एम्ब्यासडर

शुक्रबार, ०१ भदौ २०७५, १७ : ०७
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं । माछापुच्छ्रे बैंकले खेलकुद क्षेत्रका उदीयमान खेलाडीहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको छ । बैंकले आज पत्रकार सम्मेलनको आयोजना गरी बैंकको ब्रान्ड एम्ब्यासडर घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आवद्ध गराउन पाउनु गौरवको विषय भएको बताए । 

बैंकका पूर्व अध्यक्ष तथा पुर्व सांसद डा. बीरेन्द्रप्रसाद महतोले समेत बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुले बैंकलाई अझै उचाईमा पुर्याउने कुरामा आफु विश्वस्त रहेको बताए ।

बैंकका अध्यक्ष रोशन केसीले खेलाडीहरुलाई माछापुच्छ्रे बैंकको सदस्यका रुपमा स्वागत गर्न पाउँदा खुशील लागेको बताए ।

बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीले क्रमशः आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरु बारे मन्तव्य राखेका थिए । मिरा राई नेपाली म्याराथनको एक चर्चित नाम हो । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी राईले देश र विदेशमा थुप्र्रै उपाधि जितेकी छिन् । विश्व अल्ट्रा म्याराथनमा आफुलाई स्थापित गर्दै आएकी राई नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर‘ को उपाधि समेत जित्न सफल भइन् ।

त्यसै गरी प्रतिमा शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुन् । सानो उमेरमै लगातार उपाधि जित्न सफल भएपछि उनको चर्चा स्वदेशी मात्र नभएर विदेशी मिडियामा पनि भएपछि उनले पूर्व विश्व नं. १ टाईगर उड्सलाई समेत भेट्ने अवसर प्राप्त गरेकी थिइन् ।

१३ वर्षीय आर्यन गिरी उदीयमान टेनिस खेलाडी हुन्  । ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेका गिरी बर्न सर्भाइभर हुन् । उनले नेपाल अन्डर १४ को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप