शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ संहिता लागु नहुँदै विरोध हुनु राम्रो होइन : कमल थापा

शुक्रबार, ०१ भदौ २०७५, १७ : २२
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले नयाँ देवानी संहिता लागू नहुँदै असन्तुष्टि र विरोधका स्वरहरु सुनिनु राम्रो संकेत नभएको बताएका छन् । उनले यसबाट सामाजिक तथा सांस्कृतिक सद्भाव खल्बलिन नहुनेमा जोड समेत दिएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनले ५६ औं मुक्ति दिवसको अवसरमा भएको कार्यक्रममा अध्यक्ष थापाले जंग बहादुर राणाले प्रादुर्भाव गराएको छुवाछुत प्रथालाई कानुनी रुपमै अवैध ठह¥याउने गरी राजा महेन्द्रले २०२० सालमा नयाँ मुलुकी ऐन ल्याएर अग्रगामी तथा क्रान्तिकारी कदम चालेको बताए । 

आफुलाई क्रान्तिकारी भन्न रुचाउने कम्युनिष्टहरुले समेत यस्तो कार्य गर्न आँट देखाएको इतिहास नभएको भन्दै अध्यक्ष थापाले कागजी रुपमा मात्र नभएर सामाजिक रुपमा नै छुवाछुत प्रथाको अन्त्य हुनुपर्ने मान्यता राप्रपाको रहेको बताए ।

कूल जनसंख्याको २० प्रतिशत हिस्सा ओगटेको दलित समुदायलाई उत्थान गर्न राप्रपा डटेर अग्रसर भइरहेकोले राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनले दलीत समुदायको घरदैलोमा पुगेर संगठनमा आवद्ध गराउन संगठनका पदाधिकारीहरुलाई अध्यक्ष थापाले आग्रह गरे ।

कार्यक्रममा नेताहरू टंक ढकाल, राजेन्द्र लिङदेन, विक्रम बहादुर थापा, भास्कर भद्रा, राजाराम बर्ताैला लगायतको सहभागिता रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप