शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतलाई गरेको सहयोगको कदर गर्दै प्रहरीलाई सम्मान

शुक्रबार, ०१ भदौ २०७५, १७ : २८
शुक्रबार, ०१ भदौ २०७५

पर्सा– प्रहरी उपरीक्षक डा.गणेश रेग्मीलाई जिल्ला अदालत पर्साले सम्मान गरेको छ । ‘छिटो छरितो न्याय र सबैका लागि न्याय’ अन्तर्गत उच्च अदालत जनकपुरको अस्थायी इजलाश बीरगंजले पर्साबाट सरुवा भएको करिब ३ महिनापछि रेग्मीलाई पुरस्कृत गरेको हो । 

उच्च अदालतका मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेल र जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश नागेन्द्रलाल कर्णले प्रशंसापत्रद्धारा सम्मान गरेका हुन् । अदालतबाट लागेको कैद, दण्ड, जरिवाना असुल गर्ने कार्यमा रेग्मीले पु¥याएको सहयोग र योगदानको उच्च कदर गर्दै सम्मान गरिएको प्रंशासा–पत्रमा उल्लेख गरिएको छ ।

आर्थिक बर्ष ०७४/०७५ मा अदालतलाई सहयोग गरेको भन्दै एसपी रेग्मी र वडा प्रहरी कार्यालयका बहालवाला प्रहरी निरीक्षक कुमार मैनालीलाई पनि सम्मान गरिएको हो । आर्थिक वर्ष ०७३/७४ मा ४७ जना मात्रै फरार अपराधी पक्राउ परेको पर्सामा डा.रेग्मीले आफ्नो साढे सात महिने कार्यकालमा अभियान नै चलाएर ३ सय ५८ जना फरार अपराधी पक्राउ गरेका थिए । 

रेग्मीको कार्यकालमा होलीको समयमा वीरगञ्ज ९ स्थित भारतीय महावाणिज्य दुतावास नजिक लालबंगलामा उमेश चौरसियालाई गोली हानेको घटनामा संलग्न बाराका विकेन्द्रकुमार गुप्ता, गोली हान्ने बारा परवानीपुर निवासी मनोज गुप्ता भन्ने मनोज साह कानु, सहयोगीहरू मुन्ना साह कानू र गोली हान्न लगाउने पीडितकै पत्नी प्रियंका चौरसिया पक्राउ परेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप