शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रिहा भएलगत्तै अदालत परिसरबाटै पक्राउ परे प्रकाण्ड

शुक्रबार, ०१ भदौ २०७५, १८ : ११
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सर्वोच्च अदालतको आदेशले शुक्रबार रिहा भएसँगै पुन: पक्राउ परेका छन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो । 

शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सर्वोच्च अदालतमा उपस्थित गराएको थियो । चन्दा असुली आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो ।

‘खड्गबहादुर विश्वकर्मालाई पुन: पक्राउ गरिएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले भने, ‘अब जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाउँदै छौं ।’ 

काभ्रेमा प्रकाण्डको विरुद्ध मुद्दा दर्ता भएको र सोही मुद्दा अनुसन्धानका लागि उनलाई काभ्रे पठाउन लागिएको बताईएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप