शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, ०२ भदौ २०७५, ०५ : ४८
शनिबार, ०२ भदौ २०७५

आजको राशिफल  

वि.सं.२०७५ साल भाद्र ०२ गते । शनिबार । ईश्वी सन् २०१८ अगष्ट १८ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण शुक्ल पक्ष । तिथि अष्टमी,५९ घडी ०५ पला । नक्षत्र विशाखा,४० घडी ४२ पला,बेलुकी ०९ बजेर ५३ मिनेट उप्रान्त अनुराधा । योग ब्रम्ह ३६ घडि ३१ पला,रातको ०८ बजेर १२ मिनेट उप्रान्त ऐन्द्र । करण भद्रा,बेलुकी ०५ बजेर ०६ मिनेट उप्रान्त बव । 

 

आनन्दादीमा शुभ योग । चन्द्रराशि तुला,दिउँसो ३ बजेर ४० मिनेट उप्रान्त बृश्चिक । अष्टमी व्रत। गोरखकाली पूजा। यलपञ्च दान। 

काठमाडौंमा सूर्योदय ५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ३७ मिनेट । दिनमान ३२ घडी ३४ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउँनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने बिलाशि तथा भौतिक बस्तु प्राप्तिको गतिलो योग रहेकोछ । साझपख समय मध्यमय रहेकोले दाम्पत्य जीवनमा केहि असहज परिस्थितिको आउँन सक्छ ध्यान दिनुहोला ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मेहनेतले प्रशस्त लाभ लिन सकिनेछ । बादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुँने तथा सत्रु परास्त हुँनेछन् । न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानिबाट राम्रै प्रतिफल पाईने योग रहेकोछ ।  

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आकस्मिक धन तथा सम्पति लाभ हुँने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुँनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा सहयोग हुँने हुँदा मन प्रशन्न रहनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिष्पर्धिहरु हार खानेछन् भने राजनिति तथा समाजसेवामा समनजनक स्थान पाउँने योग रहेकोछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । आमा वा परिवारका सदस्यहरुको सहयो पाईने हुँदा शरिरमा स्फुर्ति बढ्नेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाढि बढ्न सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने तपाईको लोकप्रियता चुलिनेछ । पुराना झैझमेलाबाट मुत्तहुँने समय रहेकोछ । 

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुँने हुँदा मन प्रशन्न हुँनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्न आट आउँनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ । साझपख आफन्त सँग विवाद हुँन सक्छ ध्यान दिनुहोला । 

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने हुदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न बिलाशी बस्तुको प्रयोग गरि मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरु  बाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्ने बाताबरण बन्नेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिदेशबाट सञ्चालित सस्थामा काम पाउँने तथा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । साझपख स्वास्थ्य सबल हुँने हुँदा परिणाम मुखि काम गरि समाजमा नाम कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । नयाँ काम गरि आम्दानि बढाउँन सकिनेछ । 

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तरल पदार्थ तथा पानि सँग सम्बन्धित व्यापारमा लगानि गरि आम्दानि बढाउँन सकिनेछ । घर परिवारबाट प्रसस्त सहयोग हुँने तथा बुवाको सल्लाह मान्दै अगाढि बढ्दा मनग्ने फाईदा हुँनेछ । पढाई लेखाईमा सुधार गर्दै लान सकिनेछ तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट रुपैया पैसा कमाउँन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुँनेछ । भाग्यले प्रेम पात्र जुराउँने ग्रहयोग रहेकोछ ।  साझपख लामो दुरिको यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । 

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुँने योग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानिका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपुर्ण व्याक्तिहरुसँग भेटघाट हुँनेछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने तपाईको काममा आफन्त तथा शुभचिन्तकहरुको सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ जीवन साथिको सहयोगले राम्रा कामहरु सम्पादन हुँनेछ । प्रतिष्ठित काम गरि समाजमा नाम कमाउँन सकिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । साझपख समय राम्रो रहेको र भाग्यले साथ दिने हुनाले व्यापारमा लगानि गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने हुँनाले पद प्राप्तीको योग रहेकोछ । 

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप