शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविताः सुसेल्दै छ वर्तमान

शनिबार, ०२ भदौ २०७५, ०८ : २८
शनिबार, ०२ भदौ २०७५

-रन्जन पौडेल

छन् यहाँ जिउँदै सासहरू 
दौडिरहेछन् छरपष्ट यत्रतत्र
बोलाँउदा बरु बोल्दछन् ढुङ्गा 
तर सोह्र बन्दैनन् सत्र ।
दिनै पिच्छे बलत्कार हुन्छन्
यहाँ सुन्दर कोमल कोपिलाहरू
ब्याट्रीविनाको घडी बरु चल्न थाल्दछ यहाँ चल्दैनन् न्यायपालिकाहरू ।

लुटपाट, अपहरण र हत्या यहाँ 
सामान्य भैसके यी समाचारहरू

गिद्दले पनि हेर्न छाडिसक्यो सिनो 
अझै छाती फुलाउँदैछन् निर्लज्जहरू ।
धर्म गर्नेहरू सबै गर्दैछन यहाँ व्यापार 
मिठो प्रसाद अधर्मको

मन्दिरहरू हजार बनिसके पुग्यो 
अब खाँचो एउटै भगवानको ।
चर्का नारा र लामा भाषाण अझै कति यो विचारको द्वन्द्व

विकास–विकासभन्दा भन्दै भइसके 
यी गरिबका आँखा बन्द ।

लेखे जति पनि नियमका किताबहरू गीता महाभारतभन्दा धेरै अग्ला अग्ला

हुनेछैन यहाँ केही, बन्दैन 
हस्ताक्षर पनि नकसी यी औंला ।
खिल्ली उडाउँदैछन् हेर तिनको 
यहाँ बुद्धका औंला समाउनेहरूको
सबै लुट्नेहरूको भीडमा यहाँ लड्ने 
अनि देश बचाउनेहरूको ।
देश उचाल्ने ति पाखुराहरू हेर 
आज उचाल्दैछन् फलाम परदेशमा
बुद्धि, ज्ञानी, विशिष्टहरू पनि सबै गुड्दैछन् समुन्द्रपारी  ती टायरमा ।
बस्दै छ संस्कार यो कस्तो 
हाम्रो पहिचान नै बिर्साउने गरी 
रच्दै छौँ यो इतिहास कस्तो हामी 
आफ्नै देशनै बिलाउने गरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप