शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म हत्यारा बन्न तयार छु

शनिबार, ०२ भदौ २०७५, ०८ : ५४
शनिबार, ०२ भदौ २०७५

-मणिकुमार श्रेष्ठ ‘सिजन’ 

आफ्ना आमा नचिन्ने 
नालायक पुत्रहरूलाई 
बाच्ने कुनै अधिकार छैन 
यो धर्तीमा 
आफ्नै चेलीको अस्मिता लुट्ने 
ती यौन पिपासुहरूलाई 
गोली ठोक्न अनुमती देऊ 
सरकार 
म हत्यारा बन्न तयार छु । 

दिनदिनै बढिरहेको छ यहाँ
हत्या र हिंसा 
संविधानको बर्खिलाप भइरहेछ
कानुन बन्छ यो देशमा 
जसले व्याख्या गरे पनि
फरक ढङ्गले गर्न सकिने 
तिनै कानुनको आडमा 
मौलाइरहेछन् 
देशद्रोही दलालहरू
त्यसैले त दलालहरूलाई 
गोली ठोक्न अनुमति देऊ 
सरकार
म हत्यारा बन्न तयार छु । 

दिन दहाडै !
लुटिन्छ नेपाली चेलीको अस्मिता 
कहिले देशमा, कहिले परदेशमा 
कहिले आफ्नैबाट त कहिले सहकर्मीबाट 
समातिन्छन् दोषीहरू 
छुट्छन् केही वर्षमा 
तर चेलीको अस्मिता
लुटिन्छ जीवनभरको लागि यहाँ 
त्यसैले त 
अस्मिता लुटने 
नरपिपासुहरूलाई 
बाँच्ने अधिकार छैन यहाँ 
गोली ठोक्न अनुमति देऊ 
सरकार 
म हत्यारा बन्न तयार छु । 

-साल्पासिलिछो, भोजपुर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप