शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जितेन्द्र सोनलबाहेक राजपाका अरु मन्त्री ओलीको स्वागत गर्न गएनन्

शनिबार, ०२ भदौ २०७५, ११ : २८
शनिबार, ०२ भदौ २०७५

काठमाडौं– प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । केहिबेरअघि ओली जनकपुर विमानस्थलमा  अवतरण भएका हुन् । 

ओलीलाई स्वागत गर्न सबै मन्त्रीहरु विमानस्थल  जाने प्रदेश मुख्यमन्त्री लालबाबु राउतको आग्रहविपरित राजपा नेपालबाट प्रदेश नम्बर २ मा प्रतिनिधित्व गर्ने २ मन्त्री र तीन राज्यमन्त्री अनुपस्थित रहेका छन् ।

तर, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल भने ओलीको स्वागतमा पुगेका  थिए । प्रदेश नम्बर २ मा राजपाबाट तीनना मन्त्री र तीन राज्यमन्त्री रहेका छन् । 

ओलीको स्वागतमा फोरमबाट मुख्यमन्त्री बनेका राउतसहित सबै मन्त्री तथा राज्य मन्त्री विमानस्थल पुगेका थिए । 

यता प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले बदलिँदो परस्थितिको आधाारमा प्रधानमन्त्री ओलीलाई आफूहरूले स्वागत गरेको बताए ।

केन्द्रका प्रधानमन्त्री प्रदेशमा आउँदाा उनको  स्वागत गर्नु आफूहरुको  कर्तव्य हुने उनको भनाई छ । 

मधेसका कतिपय माग पूरा नभएको अवस्थामा यसलाई प्रधानमन्त्रीले गम्भीरताका साथ लिनुपर्ने उनको जोड छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप