मुलुकी अपराध संहिता : खेलमा मिलेमतो गरे तीन वर्ष कैद
काठमाडौँ- नेपाली खेलाडीले अब आइन्दा खेल मिलेमतो गरे तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने भएको छ ।
जंगबहादुर राणाका पालामा बनेको १६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै शुक्रबारदेखि लागू भएको मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १ राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५१ (३) मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने बुँदामा नेपाली खेलाडीले राष्ट्रको लागि खेल्दा खेल मिलेमतो गरे तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिबाना हुने यो व्यवस्था गरिएको छ ।
त्यसैगरी खेल मिलेमतो गराउन आदेश वा निर्देशन दिने व्यक्तिलाई समेत मुख्य कसुरदारसरह सजाय हुने व्यवस्था संहितामा गरिएको छ ।
यसैगरी सार्वजनिक पद धारण गरेको खेलाडीले विदेशमा गएका बखत खेल मिलेमतो गरेमा उसलाई थप तीन वर्ष कैद हुनेछ ।
संहितामा भनिएको छ, “नेपाली खेलाडीको नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा कुनै खेलाडीसँग खेल्दा मिलोमतो गर्ने, प्रलोभनमा पर्ने बाजी जिताउने र हराउनेलगायत कार्य गरेमा राष्ट्रिय हितविरुद्धको कसुर ठानिनेछ ।”
संहितामा भनिएको छ, “नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामलाई प्रतिकूल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हितविरुद्धको कसुर भएको मानिनेछ ।”
त्यसैगरी संहितामा कसैले खेल मिलेमतो गर्दा कुनै रकम लेनदेन गरेको भएमा उपदफा ४ बमोजिमका सजायको अतिरिक्त लेनदेन गरेको रकमसमेत जफत हुने संहितामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
-
विभिन्न स्थानमा तीन जना मृत फेला
-
नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल